
काठमाडौँ, १५ भदौ,, काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल र भारत सरकारबीच हस्ताक्षर भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय...बाँकी अंश →

चितवन, १५ भदौ (रासस) ः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै...बाँकी अंश →

काठमाडौँ, १५ भदौ ,, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार,...बाँकी अंश →

काठमाडौँ, १५ भदौ,, विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब...बाँकी अंश →

काठमाडौँ, १५ भदौ ,, नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ । जलवायु परिवर्तन र यसका असरको क्षतिपूर्ति तथा भूपरिवेष्टित मुलुकलाई केन्द्रमा राखेर विकास र समृद्धिको योजना ल्याउनुपर्नेमा सम्मेलनमा नेपालले जोड...बाँकी अंश →

काठमाडौँ, १५ भदौ,, सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर...बाँकी अंश →

दैलेख, १५ भदौ,, बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउनुहुन्छ...बाँकी अंश →

काठमाडौँ, १५ भदौ ,, एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेशियासँग खेल्दैछ । जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ । नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ । दुई खेल खेलको मलेशियाले दुई अङ्क जोडेको छ...बाँकी अंश →

नेपालगञ्ज, १५ भदौ ,, बाँकेमा हालसम्म सम्म परेका ११ हजार ४४६ जग्गाको मोहियानी हक दाबी निवेदनमध्ये करीब आठ हजार फछ्र्योट भइसकेको छ । जिल्ला भूमिसुधार कार्यालयका अनुसार तीन हजार १०० मोही सम्बन्धी निवेदनको टुङ्गो लगाउन बाँकी छ । गत चैत मसान्तसम्मको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो पटक एक हजार ७१७ ले मोहियानी...बाँकी अंश →
काठमाडौँ, १५ भदौ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताउनुभएको छ । यहाँ जारी बिम्स्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै उहाँले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखबाट निरन्तर...बाँकी अंश →

महेन्द्रनगर, धनुषा, १५ भदौ ,, प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक गर्नुभएको हो । प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने...बाँकी अंश →

नुवाकोट, १५ भदौ,, जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ मा जिल्लामा पहिरोको जोखिम...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: