शनिबार, ०५ जेठ २०८१

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान शुभारम्भ

१५ भाद्र २०७५, शुक्रबार १५:३५ मा प्रकाशित

महेन्द्रनगर, धनुषा, १५ भदौ ,,   प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको आज शुभारम्भ भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमको औपचारिक गर्नुभएको हो ।

प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्नुहुँदै सामाजिक रुपान्तरणका लागि यसखालका अभियान कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

सार्वजनिक बिदा

प्रदेश सरकारले कृष्णाष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीका अवसरमा भदौ १७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter