०९ चैत २०८२

समाचार

असारे विकासले जोखिम निम्त्यायो

बैतडी, २० भदौ ,,   लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा...बाँकी अंश →


संशोधन ऐनले समग्र कर्मचारीको हित नगर्ने

काठमाडौँ, २० भदौ ,,   नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) ले हिजो यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताले अहिले संशोधनका लागि प्रस्तुत गरिएको कर्मचारीसम्बन्धी ऐनले समग्र कर्मचारीको हित नगर्ने धारणा राख्नु भएको छ । उहाँहरुले उक्त विधेयक फिर्ता गर्नुपर्ने माग पनि गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर...बाँकी अंश →


छाडा पशु नियन्त्रण गरिने

बुटवल, २० भदौ,,    चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति रोक्न रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि’ कार्यान्वयनमा ल्याउने भएको छ । छाडा चौपायाका कारण विभिन्न समस्या बढेपछि नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम बनाएको हो । कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा...बाँकी अंश →


त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

काठमाडौँ, २० भदौ ,,   उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ । त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो । संशोधन प्रस्ताव मस्यौदा तयारी...बाँकी अंश →


प्रविधिमैत्री स्थानीय निकाय

तुलसीपुर, २० भदौ ,,   यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् । पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो...बाँकी अंश →


स्वास्थ्यकर्मी आन्दोलनमा

गौशाला, २० भदौ,,   महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो । गाउँपालिकाले उक्त...बाँकी अंश →


बलात्कारीलाई बाह्र वर्ष जेल

गाईघाट, उदयपुर, २० भदौ ,,   जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त...बाँकी अंश →


त्रिभुवन विश्वविद्यालयबाट बीबीएस चौथो वर्षको परीक्षामा प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रालाई सम्मान गरिएको छ ।

कपिलवस्तु भदौ  २० ,,   कपिलबस्तु बहुमुखी क्याम्पस तौलिहवामा अध्यनरत छात्रा सालिनी पाण्डेले ७८.२० प्रतिशत अंक ल्याएर प्रदेश ५ मै सर्वोत्कृष्ट भएकी हुन् । सो क्याम्पसका अन्य विद्यार्थीहरुले समेत प्रदेशमा उत्कृष्ट नतिजा ल्याएको बताईएको छ । प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीलाई अभिनन्दन तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ ।...बाँकी अंश →


नेपाल–चीन तेस्रो परामर्श बैठक बुधबार

काठमाडौँ, १९ भदौ ,,   नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुबै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ । दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नुहुनेछ भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात...बाँकी अंश →


स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

काठमाडौँ, १९ भदौ ,, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न...बाँकी अंश →


कर्मचारीले पार्टीप्रति होइन, मुलुकप्रति प्रतिबद्ध हुनुपर्छः सभापति देउवा

काठमाडौँ, १९ भदौ,,   नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीले पार्टीप्रति होइन, मुलुक र मुलुकवासीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मान्यता काङ्ग्रेसको छ...बाँकी अंश →


सार्न सकिने पुलको नमुना तयार

काठमाडौँ, १९ भदौ ,,    काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा निर्माण गर्न लागेको अकाशे पुलको नमुना तयार गरेको छ । कामपाको क्षेत्रभित्र पर्ने सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे निर्माण गर्ने भने पनि तीमध्येको दुई स्थानका लागि कस्तो बनाउने भनी नमुना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter