सोमबार, २४ बैशाख २०८१

स्वास्थ्यकर्मी आन्दोलनमा

२० भाद्र २०७५, बुधबार ११:१८ मा प्रकाशित

गौशाला, २० भदौ,,   महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो । गाउँपालिकाले उक्त सम्झौता कार्यान्वयन नगरेपछि स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । स्वास्थ्यकर्मीले आ–आफ्ना स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको आन्दोलन समितिका संयोजक राघवेन्द्रप्रसाद यादवले बताउनुभयो ।

गाउँपालिका र स्वास्थ्यर्मीबीच यसअघि २०७५ असार २८, साउन ५, साउन ७ र साउन २५ गते तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति भएको थियो । स्वास्थ्यकर्मीले यही भदौ १ गतेदेखि आन्दोलनमा उत्रने चेतावनी दिएपछि गाउँपालिकाले यही भदौ १५ गते भित्रमा तलब, भत्तालगायत सुविधा उपलब्ध गराउने सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयन नभएपछि उनीहरुले गाउँपालिकामा तालाबन्दीसँगै धर्ना दिँदै आएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter