०९ चैत २०८२

समाचार

किशोरी बलात्कृत

बाँके, २२ भदौ ,,    नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् । झारफुक गर्ने क्रममा ती साइबाबाले तीन...बाँकी अंश →


आसिफ शेखको कप्तानीमा एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, २२ भदौ ,,   भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि आज १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै...बाँकी अंश →


निजामती सेवा पुरस्कार घोषणा

काठमाडौँ, २२ भदौ ,,    सरकारले १५ औँ निजामती दिवसको अवसरमा आज आर्थिक वर्ष २०७४÷०७५ मा उत्कृष्ट काम गर्ने ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।...बाँकी अंश →


शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर

कलैया, २२ भदौ ,,     प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादवले शिक्षा क्षेत्रको बिकासका लागि प्रदेश सरकारले ठोस योजनासहित अगाडि बढिरहेको बताउनुभएको छ । करैयामाई गाउँपालिका–८ देवनारायण गणिया आधारभूत प्रावि औनियामा आज आयोजित ‘बालबालिका विद्यालय बाहिर नरहेको’ सार्वजनिकीकरण कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा देखिएको बेथितीलाई समाधान...बाँकी अंश →


पर्यटन वर्ष सन् २०२० लाई सफल पारौँ

काठमाडौँ, २२ भदौ ,,   सरकारले पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका व्यावसायिक सङ्घ÷संस्थालाई आग्रह गरिएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले यहाँ आज आयोजना गरेको एक कार्यक्रममा टानका अध्यक्ष नवराज दाहालले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको...बाँकी अंश →


वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ पारित

काठमाडौँ, २२ भदौ ,,   राष्ट्रिय सभाको आजको बैठकले “वातारण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५” सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त विधेयकलाई बहुमत सदस्यले पारित गरेको हो । वातावरण संरक्षण ऐन ०५३ लाई खारेज गरी राष्ट्रियसभाले वातारण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ पारित गरेको...बाँकी अंश →


अपाङ्गता अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २२ भदौ ,,    विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सभापति गुरुङले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । विधेयक ल्याउन ढिलाइ हुँदा अपाङ्गता नभएका व्यक्तिले झुटो...बाँकी अंश →


सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ ,, प्रधानमन्त्री ओली

काठमाडौँ, २२ भदौ ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताउनुभएको छ । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भन्नुभयो ।...बाँकी अंश →


निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

काठमाडौँ, २२ भदौ ,,     कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले सकी नसकी छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” समाजवाद उन्मुख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा...बाँकी अंश →


ऐन संशोधन गर्न सरकार तयार

काठमाडौँ, २२ भदौ ,,    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहिता (ऐन)मा प्रेस स्वतन्त्रता हनन्सम्बन्धी कुनै प्रकारका व्यवस्था भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । अनलाइन पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘मुलुकी अपराध संहिता (ऐन)मा भएको प्रावधानले प्रेस स्वतन्त्रतामा पार्ने असरबारे’ अन्तक्र्रिया...बाँकी अंश →


सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ, २२ भदौ ,, विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम...बाँकी अंश →


नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने

काठमाडौँ, २२ भदौ ,,    भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ । आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter