सोमबार, २४ बैशाख २०८१

वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ पारित

२२ भाद्र २०७५, शुक्रबार २३:०० मा प्रकाशित

काठमाडौँ, २२ भदौ ,,   राष्ट्रिय सभाको आजको बैठकले “वातारण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५” सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त विधेयकलाई बहुमत सदस्यले पारित गरेको हो ।

वातावरण संरक्षण ऐन ०५३ लाई खारेज गरी राष्ट्रियसभाले वातारण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ पारित गरेको हो । बैठकमा उपाध्यक्ष दाहालले ऐनको प्रस्तावना र नाम पढेर सुनाउनु भएको थियो ।

यसअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले “वातारण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विधेयक माथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्तुत गर्नुभएको प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिनुभएको थिएन ।

राष्ट्रियसभाको अर्को बैठक आज ५ः१५ बजेसम्मका लागि स्थगित भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter