
काठमाडौँ, २ असोज ,, सातवटै प्रदेश सरकारको सम्पर्क कार्यालय मुलुकको राजधानी काठमाडौँमा खोल्नुपर्ने सुझाव दिइएको छ । सरकारले गठन गरेको प्रदेश सरकार समस्याबारे बुझ्न गठित अध्ययन समितिले सङ्घ र प्रदेश सरकारबीच समन्वय गर्नका लागि काठमाडौँमा प्रदेश सरकारको कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिएको समिति सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, भारतको लखनउमा भइरहेको १९ वर्षमुनिको एक दिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत आज तेस्रो स्थानको लागि भएको भिडन्तमा अफगानिस्तानले नेपाललाई २४५ रनको चुनौती दिएको छ । लखनउस्थित एकान अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको हो । अफगानिस्तानले ५० ओभरमा आठ विकेट...बाँकी अंश →

लेनडाँडा, मकवानपुर, २ असोज ,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) हाम्रो विकासको आधारशीला भएकाले सयमसीमाभित्रै पूरा गर्न सम्पूर्ण कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । उक्त द्रुतमार्गको निरीक्षण र कार्यप्रगतिको जानकारीपछि मकवानपुरको लेनडाँडामा आयोजित कार्यक्रममा उहाँले नेपाली सेनाको मात्रै नभएर सिङ्गो मुलुकको नेतृत्वको...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन हुनुभएको छ । काठमाडौँ सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज...बाँकी अंश →

बुटवल, २ असोज ,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ । संविधानको भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक हक र कर्तव्यको व्यवस्था छ । अधिकांश मौलिक हकमा संविधानले ती...बाँकी अंश →

भक्तपुर, २ असोज ,, भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् । चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानी सञ्चालकलाई आवश्यक...बाँकी अंश →

काठमाडौं २ असोज । नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई दिएको छ । गोपाल बराइली निशान अनलाईन न्युजका सम्पादक पनि हुन । संस्थाको ३६ औं बार्षिकोत्सवको अवसरमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर)...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, संविधान जारी पछिका तीन वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी, नीतिगत र संरचनात्मक परिवर्तनको आधार तय हुन थालेको छ । सङ्घीय संसद्बाट ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ पारितसँगै शिक्षाको मौलिक हक कार्यान्वयन गर्ने कानूनी आधार तय भएको छ भने केन्द्र, प्रदेश र स्थानीय तहबीच...बाँकी अंश →

काठमाडौँ, २ असोज ,, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग सोमबार...बाँकी अंश →

नेपालगञ्ज, बाँके, २ असोज ,, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो । संविधानलाई समयानुकूल संशोधन नगरेका कारण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: