मङ्गलबार, २५ बैशाख २०८१

पत्रकार गोपालबराइलीअर्बुद रोग उत्कृष्ट पत्रकारिता पदकबाट सम्मानित

इमरान खान

२ आश्विन २०७५, मंगलवार १४:४६ मा प्रकाशित

काठमाडौं २ असोज । नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई दिएको छ । गोपाल बराइली निशान अनलाईन न्युजका सम्पादक पनि हुन । संस्थाको ३६ औं बार्षिकोत्सवको अवसरमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदकबाट उनलाई सम्मान गरेको हो ।संस्थाले २०६७ देखि अर्बुद रोग उत्कृष्ट पत्रकारिता पदक प्रदान गर्दै आएको छ । यसअघि पदमराज जोशी, दानदास श्रेष्ठ, इश्वरकाजी खाइजु, अतुल मिश्र, नारायण किलम्बु, उद्धपराज भेटवाल र सन्तोषी अधिकारीलाई प्रदान गरेको थियो । सानु छोरी शाक्य स्मृति क्यान्सर सेवा पदकबाट रोहाणी वैद्य र डा. पुलस्वा जोशी लाखेलाई प्रदान गरेको छ ।यो कर्ण शाक्यले क्यान्सर रोगबाट मृत्यु भएकी श्रीमति र छोरीको नामबाट २०५८ सालमा स्थापना गरेको पदक हो । दुर्गाबहादुर श्रेष्ठ स्मृति उत्कृष्ट शाखा सभापति पदक संस्थाका कास्की सभापति रामचन्द्र थापाले पाए ।यो पुरस्कार संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) ले स्व. पिता दुर्गाबहादुर श्रेष्ठको स्मृतिमा २०५८ मा स्थापना गरेका थिए । संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद बरालले आफ्नी स्व.माता गोमादेवी बरालको स्मृतिमा २०५९ सालमा स्थापना गरिएको यो वर्षको गोमादेवी बराल स्मृति पदक भने रोटरी क्लव अफ वागमतिलाई प्रदान गरिएको छ ।त्यस्तै यो वर्षको पुष्पराज कर्णिकार रनिङ शिल्ड सिरहा शाखालाई प्रदान गरियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter