१० चैत २०८२

समाचार

विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम

काठमाडौँ, ६ असोज ,,   नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा...बाँकी अंश →


अमेरिकामा एक नेपालीसहित तीनको हत्या

वाशिङ्टन, डिसी, ६ असोज ,,  अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली...बाँकी अंश →


मन्त्रिपरिषद् बैठक ,, मिलेनियन च्यालेञ्ज कर्पोरेशनका आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता

काठमाडौँ, ५ असोज ,,    सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई रु ५० अर्ब सहयोग उपलब्ध...बाँकी अंश →


सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति

काठमाडौँ, ५ असोज,,     मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको...बाँकी अंश →


विवेकशील पार्टीको ध्यानाकर्षण

काठमाडौँ, ५ असोज ,,   विवेकशील साझा पार्टीले नेपालभित्र र नेपाल बाहिरबाट मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा प्रहार हुने गरी भेला र भाषण गरेको भन्दै उक्त पार्टीले...बाँकी अंश →


पाँच लाख ५१ हजार घर निर्माण शुरु

काठमाडौँ, ५ असोज ,,   भूकम्पले क्षति भई पुनःनिर्माण भइरहेका घरको सङ्ख्या पाँच लाख ५१ हजार पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पले क्षति पुगेकामध्ये ३६ प्रतिशत घर सम्पन्न भइसकेको छ । हालसम्म पहिचान भएका लाभग्राही आठ लाख १० हजार ६९० छन् । पहिचान भएका लाभग्राहीमध्ये ९० प्रतिशतले पहिलो किस्ता...बाँकी अंश →


चोरीको मोबाइलसहित चार पक्राउ

भक्तपुर, ५ असोज ,,   मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने...बाँकी अंश →


सरकारको प्राथमिकतामा ठूला क्षमताका प्रसारण लाइन

काठमाडौँ, ५ असोज ,,   सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेका २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनको विकल्पमा ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वपश्चिम राजमार्ग र...बाँकी अंश →


‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

काठमाडौँ, ५ असोज ,,   सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसका शुभकामना व्यक्त गर्दैै आगामी दिनमा नेपाल र साउदी अरबबीचको सम्बन्ध अझै प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभएको...बाँकी अंश →


सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय

काठमाडौँ, ५ असोज ,,  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । सरकारी निकाय धमाधम सङ्घीय संरचनाअनुरुप अघि बढिरहेका बेला नार्कले पनि आफूलाई सङ्घीय संरचनामा ढाल्न निर्देशनालय स्थापनाको सोच अघि सारेको हो । हाल मुलुकका ६२ जिल्लामा नार्कको सञ्जाल विस्तार भए पनि प्रदेशस्तरमा सङ्गठन छैन...बाँकी अंश →


इन्धन उपलब्ध गराउन आग्रह

काठमाडौँ, ५ असोज ,,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो । निगमका...बाँकी अंश →


विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, नेताको हाजिर अनिवार्य

काठमाडौँ, ५ असोज ,,   नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गएिको छ । आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई बढीभन्दा बढी सेवा दिने लक्ष्यका साथ प्राधिकरणले सो व्यवस्था लागू गरेको हो । गत भदौ २५ गते बसेको प्राधिकरण बैठकले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter