सोमबार, १७ बैशाख २०८१

‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

५ आश्विन २०७५, शुक्रबार १९:०७ मा प्रकाशित

काठमाडौँ, ५ असोज ,,   सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसका शुभकामना व्यक्त गर्दैै आगामी दिनमा नेपाल र साउदी अरबबीचको सम्बन्ध अझै प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा सभामुख महराले साउदी अरब र नेपालको कूटनीतिक सम्बन्ध सुमधुर रहेको बताउनुभएको सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । “नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध सुमधुर र बलियो रहेको छ”, सभामुख महराले भन्नुभयो, “हाम्रो औपचारिक सम्बन्ध मात्रै नभई जनस्तरबाट पनि दुई देशबीच बलियो सम्बन्ध रहेको छ ।” राजनीतिक र कूटनीतिकस्तरमा मात्रै नभई जनस्तरमा पनि दुई देशको सम्बन्ध रहेको चर्चा गर्दै सभामुख महराले नेपालका लाखौँ नागरिक साउदी अरबको श्रम बजारमा रोजगारीका लागि पुगेको बताउनुभयो ।

“अहिले नेपालका लाखौँ नागरिक रोजगारीका लागि साउदी अरबमा पुगेका छन्”, सभामुख महराले भन्नुभयो, “साउदी अरबमा नेपाली नागरिकको पेशागत तथा भौतिक सुरक्षाजस्ता सवाल हाम्रो चासोका विषय हुन्, यसमा साउदी अरब सरकारले विशेष ध्यान दिनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”

भेटमा कावा राजदूत अब्दुलकरिमले साउदी अरब र नेपालको सम्बन्ध मजबुत रहेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगारीका लागि आफ्नो देशमा पुगेका नागरिकलाई साउदी अरब सरकारले सुरक्षामा विशेष ध्यान दिने बताउनुभयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter