
चितवन, ८ असोज ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उहाँले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै दुई विश्वविद्यालयसँग...बाँकी अंश →

काठमाडौँ, ८ असोज ,, सरकारले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्ने जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणको क्रममा नै भत्किएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्ने तयारी गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ...बाँकी अंश →

काठमाडौँ, ८ असोज ,, चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही...बाँकी अंश →

काठमाडौँ, ८ असोज,, नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह ४६६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिनुभयो । अध्यक्षका उम्मेदवार रामशरण देउजा र पुरुषोत्तम मानन्धरले क्रमशः ६६ र ७ मत पाउनुभयो । वरिष्ठ उपाध्यक्षमा...बाँकी अंश →

भीमदत्तनगर, ८ असोज ,, कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै...बाँकी अंश →

काठमाडौँ, ८ असोज ,, तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण...बाँकी अंश →

बर्दिवास, ८ असोज ,, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पखाला शुरु भएसँगै पहिलो दिन नै चार...बाँकी अंश →

ललितपुर, ८ असोज ,, सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ । चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने...बाँकी अंश →

न्युयोर्क, ८ असोज ,, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताउनु भएको छ । उहाँले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो...बाँकी अंश →

प्यूठान, ८ असोज ,, प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन...बाँकी अंश →

घोराही, ८ असोज,, दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण...बाँकी अंश →

काठमाडौँ, ८असोज ,, सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: