शुक्रबार, २१ बैशाख २०८१

उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

८ आश्विन २०७५, सोमबार १३:१९ मा प्रकाशित

घोराही, ८ असोज,,    दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने सहमति गरेको हो । नागरिक समाज दाङ, नेपाल पत्रकार महासङ्घ, जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेल, उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा जनार्दन पन्थी सहीतको सर्वदलीय÷सर्वपक्षीय बैठकले यही असोज १२ गतेभित्र अस्पताल हस्तान्तरणका काम सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपक्षेत्रीय अस्पतालको सम्पूर्ण दायित्व र सम्पत्तिसहित समाहित गर्न एक कार्यक्रम गरेर हस्तान्तरण गर्ने र प्रतिष्ठान मातहत अस्पताल हस्तान्तरण भए पछि त्यसको स्वास्थ्य अवस्था थप मजबुत बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter