१० चैत २०८२

समाचार

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

बैतडी, ९ असोज ,,   सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् । शिक्षा शाखा प्रमुखबिहीन...बाँकी अंश →


हावाबाट बिजुली : जिम्मेवारी कसको

बाँके, ९ असोज ,,   बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ । जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज...बाँकी अंश →


तीन हजार ५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

काठमाडौँ, ९ असोज ,,   सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा...बाँकी अंश →


अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

अत्तरिया, ९ अजोज,,  प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ । पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र...बाँकी अंश →


लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन

घोराही, ९ असोज ,,   प्रत्येक प्रदेशमा कम्तीमा एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ (साविकको लक्ष्मीपुर र धर्ना गाविस) मा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएपछि उद्योग, आपूर्ति तथा वाणिज्य...बाँकी अंश →


आयोजनाका लागि थप जग्गा अधिग्रहण गरिने

दमौली, ९ असोज ,,   एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाले व्यास नगरपालिका–५ स्थित वेतेनीमा थप जग्गा अधिग्रहण गर्नेछ । आयोजनाको ड्याममा जाने प्रवेशमार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले...बाँकी अंश →


प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी

न्यूयोर्क, ९ असोज (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी हुनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा...बाँकी अंश →


परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज ,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन...बाँकी अंश →


दमकमा रात्रीकालीन बजार

दमक, ९ असोज,,    झापाको दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालीन बजारको उद्घाटन गर्नुभयो । नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको विकास गर्न नमूना बजार क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गरिएको हो । सो...बाँकी अंश →


प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज ,,   प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने...बाँकी अंश →


कारागारबिहीन जिल्ला

रुकुम पूर्व, ९ असोज ,,   गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहँुदा यहााँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ । जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी...बाँकी अंश →


नागरिकता ऐन संशोधनमा राष्ट्रिय हित आवश्यक

काठमाडौँ, ८ असोज ,,   पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । नागरिकता संशोधन विधेयकविरुद्ध आन्दोलन समन्वय समितिले आज आयोजना गरेको विचार गोष्ठीमा उहाँले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर ऐन संशोधन गर्नुपर्ने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter