१२ चैत २०८२

समाचार

जन्मेदेखि नै ओछ्यानमा

पर्वत, १६ असोज ,,   रावणका भाइ कुम्भकर्ण वर्षको छ महीना सुत्ने र छ महीना बिउँझने गर्थे भन्ने भनाइ छ । यहाँको एक विकट गाउँका १६ वर्षीय युवक भने जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनिनजाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका– १२ ठूलीपोखरीका...बाँकी अंश →


बेपत्ता भएको चार दिनपछि मृतावस्थामा फेला

इनरुवा, १६ असोज,,  विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ । सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबारदेखि बेपत्ता भएका...बाँकी अंश →


अरिङ्गालवाली बन्नुभएकी सिर्जना

बेनी, १६ असोज,,   अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उहाँलाई ‘अरिगाङ्लवाली’...बाँकी अंश →


हडतालले पठनपाठन प्रभावित

काठमाडौँ, १६ असोज,,   नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौँमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र आज दुई...बाँकी अंश →


लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिँदै

काठमाडौँ, १६ असोज ,,   काठमाडौँ महानगरपालिका– १ वडाले चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिनुभयो । उक्त वडाको विकास निर्माणका लागि गत आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरिएकामा चालु आर्थिक वर्षमा...बाँकी अंश →


सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

काठमाडौँ, १६ असोज,,  सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु...बाँकी अंश →


सङ्घीयता कार्यान्वयनमा काग्रेसको साथ रहने

काठमाडौँ, १६ असोज,,   नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काँग्रेसको सधँै साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधँै साथ...बाँकी अंश →


पुल जीर्ण, मर्मतका लागि माग

दाङ, १६ असोज,,   उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीत्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । मर्मतको अभावमा पुलमा गरिएको कालोपत्रेमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको छ । पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयवासी होताराम रजौरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जोडाइमा...बाँकी अंश →


ओझेलमा इच्छाकामना

चितवन, १६ असोज ,,   पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका  ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् । यस गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, इच्छाकामना र पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको...बाँकी अंश →


सामाजिक स्वच्छता अभियान शुरु

रसुवा, १६ असोज ,,   सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरेको छ । सामुदायिक प्रहरीअन्तर्गत गठित सामुदायिक सेवा केन्द्र र महिला सञ्जालद्वारा संयुक्तरुपमा सो अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा दशैँ तिहारलाई लक्षित गरी अत्यधिक मदिरा सेवन, घरघरमा खेलाइने जुवा, तास, लङ्गुर बुर्जाजस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने सामुदायिक...बाँकी अंश →


शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सान होजे, १६ असोज ,,   युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति...बाँकी अंश →


झाडापखालासम्बन्धी सचेतना अभियान

गौशाला, १६ असोज,,   जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु गरिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter