१२ चैत २०८२

समाचार

ठार सय स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ, १७ असोज ,,   काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब...बाँकी अंश →


फाइनलमा चितवन टाइगर्स र एपिएफ भिड्दै

काठमाडौँ, १७ असोज,,   सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो...बाँकी अंश →


बसबाट खसेका बस्नेतको मृत्यु

सुर्खेत, १७ असोज ,,   चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले...बाँकी अंश →


क्यान्सर पीडितलाई २५ लाख उपचार सहयोग

भद्रपुर, १७ असोज ,,   विर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर रोगबाट पीडित सात सदस्यलाई रु २५ लाख सहयोग प्रदान गरेको छ । उपचाररत शेयर सदस्यलाई ‘जीवन वरदान कार्यक्रम’ अन्तर्गत रकम दिइएको संस्थाका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार गिजाको क्यान्सर उपचार गराइरहनुभएका शिवसताक्षीका कर्णबहादुर...बाँकी अंश →


गाउँपालिकामा तालाबन्दी

रुकुम, पश्चिम, १७ असोज,,   रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विसं २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै...बाँकी अंश →


पढाइमा समस्या भोग्दै अपाङ्गता भएका विद्यार्थी

रोल्पा, १७ असोज ,,   अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हँुदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको...बाँकी अंश →


विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौँ, १७ असोज,,   ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा नेपाल...बाँकी अंश →


प्रधानमन्त्री ओली न्यूयोर्कमा

न्यूयोर्क, १७ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा जानुभएको थियो । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधामन्त्री ओलीले सान होजेमा...बाँकी अंश →


सात ट्याक्टर नियन्त्रणमा

चितवन, १७ असोज ,,   अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय...बाँकी अंश →


स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम

भीमदत्तनगर, १७ असोज,,   कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो । चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल...बाँकी अंश →


पाँच बलात्कारीलाई दश बर्ष जेल

गाईघाट, १७ असोज,,   उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो...बाँकी अंश →


ढिस्कोले पुरिएर बालिकाको मृत्यु

कञ्चनपुर, १७ असोज,,   माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्र्षीया जानकी बिष्टको मृत्यु भएको छ । चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter