१३ चैत २०८२

समाचार

बुद्ध एयरको सफलता

काठमाडौँ, २५ असोज,,   निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको प्रयोग तथा यात्रुको सेवा र सुरक्षामा उत्कृष्ट प्रदर्शनले नै बुद्ध एयर दक्षिण एशियामै स्तरीय कम्पनी बन्न पुगेको हो । पहिलो पटक...बाँकी अंश →


मानसिक रोगी बढेकामा चिन्ता

काठमाडौँ, २५ असोज ,,   उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी...बाँकी अंश →


सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तेह्रथुम, २५ असोज,,   तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो । सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको...बाँकी अंश →


नौराते मेला सुरु

भक्तपुर, २५ असोज,,   हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्री मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा...बाँकी अंश →


मन्दिरको विकासका लागि धार्मिक महोत्सव

दमौली, २५ असोज ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरु भएको छ । मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव शुरु भएको हो । महोत्सव...बाँकी अंश →


बालमैत्री स्थानीय शासनका सूचक पूरा

कालिकोट, २५ असोज,,   जिल्लाको तिलागुफा नगरपालिका–१ र ३ वडाले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेको छ । यी वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार असार २१ गते निर्धारण गरिएका २८ वटा सूचक पूरा गरेका हुन् । राष्ट्रिय रणनीतिका २८, संस्थागत १२ र १६ खुड्किला पार गरेपछि बालमैत्री स्थानीय...बाँकी अंश →


नेपालमा सहकारी

काठमाडौँ, २५ असोज,,   नेपालमा आधुनिक सहकारीको इतिहास धेरै पुरानो नभए पनि यसकोे शुरुआत भने २००७ सालको परिवर्तन पछि भएको पाइन्छ । सहकारीको शुरुआत विसं २०१० मा सहकारी विभागको स्थापनापछि भएको हो । यसको व्यावसायिक र सङ्गठित शुरुवात भने २०१३ चैत २० गते चितवन जिल्लाको बखान सहकारी संस्था स्थापनाले गरेको होे...बाँकी अंश →


भेडा–च्याङ्ग्रा निर्यात

दार्चुला, २५ असोज,,   दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६०...बाँकी अंश →


नेकपाको जिल्ला कमिटी

काभे्रपलाञ्चोक, २५ असोज,,   नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ...बाँकी अंश →


सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल, २५ असोज,,   इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट...बाँकी अंश →


‘सरकार सङ्घीयता समाप्त पार्न उद्यत’

जनकपुरधाम, २४ असोज,,   नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रादेशिक सरकार केन्द्रीय सरकारको सङ्घीयता समाप्त पार्न साझेदारको भूमिका निर्वाह गरिरहेको छ ।” उपसभापति निधिले केन्द्रीय र प्रादेशिक...बाँकी अंश →


पाँच वर्ष सरकार चल्न व्यवधान छैन ,, दाहाल

काठमाडौँ, २४ असोज ,,   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिनुभयो । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter