शनिबार, २२ बैशाख २०८१

मन्दिरको विकासका लागि धार्मिक महोत्सव

२५ आश्विन २०७५, बिहीबार १०:४८ मा प्रकाशित

दमौली, २५ असोज ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरु भएको छ ।

मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव शुरु भएको हो ।

महोत्सव शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने बताउनुभयो ।

गण्डकी प्रदेश सांसद आशा कोइरालाले मन्दिरको विकासका लागि सबै स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्ने गरिएको बताउनुभयो ।

असोज ३० गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा रु २५ लाख सङ्कलन गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष श्रीराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार महोत्सवको पहिलो दिनमै रु दुई लाख ९५ हजार ३३८ सङ्कलन भएको छ । धार्मिक महोत्सवबाट सङ्कलित रकमले मन्दिरको विकासमा खर्च गरिने उहाँले जानकारी दिनुभयो ।उक्त महोत्सवमा सामूहिक कालसर्प योगशान्ति, चौरासी पूजा, सामूहिक ब्रतवन्ध, ग्रहशान्ति तथा लाखबत्ती बाल्ने कार्यक्रमसमेत छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter