१६ चैत २०८२

समाचार

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

विराटनगर, ४ मङ्सिर ,,  भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए ।...बाँकी अंश →


केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

४ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको...बाँकी अंश →


कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

परासी, ४ मङ्सिर ,,   पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर...बाँकी अंश →


उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ

भोजपुर, ३ मङ्सिर ,,   भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा धुव्रलाल श्रेष्ठ ३१० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गर्नुभएको हो । प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय उपाध्यक्षमा नीरकुमार विश्वकर्मा, महासचिवमा नवीन प्रधान, सचिवमा विन्द्रकुमार राई, कोषाध्यक्षमा प्रवीनकुमार सुवाल...बाँकी अंश →


अर्को धर्म मान्नेलाई हेला गर्नुहुँदैन– राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ, ३ मङ्सिर,,   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको आज यहाँ उदघाटन गर्दै उहाँले भन्नुभयो, “एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि हेला गर्नु हुँदैन । संविधानले धर्म नै नमान्न...बाँकी अंश →


गहुँको उत्पादन दोब्बर गर्न सुझाव

काठमाडौँ, ३ मङ्सिर,,   नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन् । हाल गहुँको उत्पादन १९ लाख मेट्रिक टन छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बाली तथा बागबानी निर्देशक डा...बाँकी अंश →


मापदण्ड पूरा नगरेका दर्जनौँ इँटा उद्योग सञ्चालनमा

कुश्मा, ३ मङ्सिर,,   नियामक निकाय मौन रहँदा पर्वत जिल्लामा मापदण्ड पूरा नगरेका दर्जनौँ इँटा उद्योग सञ्चालनमा रहेको पाइएको छ । पर्वतमा दर्जनौँ इँटा उद्योग सामान्य मापदण्ड पूरा नगरी सञ्चालन भएपनि सम्बन्धित निकाय बेखबरजस्तै बनेको छ । गाउँगाउँमा लाखौँको कारोबार गर्ने ती इँटाभट्टा बन्द गराउन नियामक निकायले कुनै चासो दिएको छैन...बाँकी अंश →


प्रकाशको स्मृतिमा शोकसभा

काठमाडौँ, ३ मङ्सिर,,   तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारमा स्मृतिसभा आयोजना गरिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाललगायत नेता र परिवार तथा शुभेच्छुकले...बाँकी अंश →


जलविद्युत्को केन्द्र बन्दै अपि हिमाल गाउँपालिका

दार्चुला, ३ मङ्सिर ,,   सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिका जलविद्युत्को केन्द्र बन्दै गएको छ । चमेलिया नदीको उद्गमस्थलका रुपमा रहेको अपि हिमाल गाउँपालिकालाई जलविद्युत्का माध्यमबाटै चिनाउने गाउँपालिकाको योजना छ । चैतभित्र अपि हिमाल गाउँपालिका– ५ मकरीगाडसम्म सडक निर्माण गरिँदैछ । सो क्षेत्रमा सन् २०१९ भित्र मकरीगाड जलविद्युत् आयोजना प्रालिले...बाँकी अंश →


खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा चाप बढ्यो

काठमाडौँ, ३ मङ्सिर,,   सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लाग्नुभएकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुग्नुभयो । नयाँ बसपार्कबाट घण्टाघरमा...बाँकी अंश →


खनिजको विकास र बजारीकरणमा जोड

काठमाडौँ, ३ मङ्सिर,,   उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उहाँले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो औँल्याउनुभयो । विकास पूर्वाधारका संरचना बनाउँदा...बाँकी अंश →


किसानलाई अनुदानमा आलुको बीउ

कञ्चनपुर, ३ मङ्सिर,,   किसालाई व्यावसायिक खेतीतर्फ डो¥याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका २०५ कृषक समूहका पाँच हजार १२५ किसानलाई बीउ वितरण गरिएको हो । कृषि शाखाका प्रमुख रणबहादुर मल्लका अनुसार प्रतिकिलो रु ५० पर्ने आलुको बीउ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter