शनिबार, ०५ जेठ २०८१

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

४ मंसिर २०७५, मंगलवार ११:१३ मा प्रकाशित

४ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग बिजकीकरणालाई हेरेर भारतबाट आयातित घ्युमा जस्तै भन्सारको दर रेट समायोजन गर्ने गृहकार्य भइरहेको बताए ।
अहिले भारतबाट केरा आयात गर्दा ५ प्रतिशत भन्सार दर लाग्ने गरेको छ । केरा व्यवशायीले त्यसलाई बढाएर ३० प्रतिशत पुर्याउनु पर्ने माग गरेका छन् । त्यसो गर्दा भारतबाट आयातित केरामा प्रतिष्प्रर्धा गर्न सकिने र नेपाली केरा डम्पिङ्ग गुर्न पर्ने समस्या समाधान हुने उनीहरुको भनाई छ । राज्यको नीति सहि हुने र नेपाली उत्पादनलाई प्रवर्धन गर्ने हो भने नेपाल केरामा गुजारा चलाउने अवस्थामा रहेको मन्त्री खनालको भनाई छ । भन्सार समायोजन गर्ने, महंगो भए पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र लागत मूल्य घटाउने बारे स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै आफूले त्यसका लागि पहल गर्ने खनालको भनाई थियो ।
व्यवशायीले कैलाली, कंचनपुर र बारा लगायतका जिल्लाहरुमा केराको जोन बनाउनको लागि आवश्यक मापढण्ड पूरा भएकोले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागु गरिनु पर्ने, कृषकलाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिनु पर्ने र हाल केरा व्यवसायमा प्रयोग भएको थोपा सिचाई प्रबिधिमा प्रयोग हुने पानीमा घुलनशिल मलको व्यवस्था गरिनु पर्ने, भन्सारमा अन्डर बिल तथा अन्डर परिमाणको माध्यमबाट राजश्व छली भैरहेको र आलु, केरा तथा अन्य तरकारीको आयातमा अन्य अबैध बस्तु जस्तो मिठाई, कालो प्लाष्टिक व्याग, चिनी लगायतका बस्तुको आयात भै रहेकोले आयातित बस्तुको कडाईका साथ चेकजाच तथा परिमाण एकिन गरि भन्सार छलिको अन्त्य गरिनु पर्ने लगायत ७ बुँदे माग मन्त्री खनाललाई बुझाएका छन् ।
कैलाली कंचनपुर, बाके बर्दिया, दाङ्क, रुपन्देही, नवलपरासी, चितवन, बारा, सर्लाही, मोरङ्ग, सुनसरी लगायतका जिल्लामा करिव १८ हजार हेक्टरमा २५ हजार कृषकले व्यवसायीक केरा खेती भैरहेको छ भने ५० हजार यूवाले रोजगारीको अवसर प्राप्त गरेको व्यवशायीको दावी छ । उक्त केरा खेतीवाट झण्डै ७ लाख मेट्रिकटन बार्षिक उत्पादन भैरहेको छ । अहिले झण्डै २५ हजार कृषकले व्यवसायीक केरा खेती गरिरहेका चितवन केरा उत्पादक संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले बताए ।

व्यवशायीहरुले बुझाएको ज्ञापन पत्र ।

मिति ः ३ मंशिर २०७५
श्री माननीय मन्त्री ज्यू
कृषि तथा पशुपंन्छी विकास मन्त्रालय
सिहंदरवार काठमाडौ ।

विषय ः ज्ञापन पत्र पेश गरेको वारे ।
नेपालको कूल जनसख्याको ६६ प्रतिशत नागरीक कृषि पेशामा निर्भररहि कुूलग्रास्थ उत्पादनको महत्वपूर्ण हिस्सा कृषि उत्पादनले ओगटेको बिषय सर्बधितनै छ । कृषि लाई बिशिष्टिकरण तथा व्यवसायिकरणका आधारमा उत्पादन वृद्धि, कृषि उधोगको स्थापना, आयात न्यूनिकरण तथा प्रतिस्थापना गदै राष्ट्रलाई आत्मनिर्भर बनाउन एक गा“उ एक उत्पादन, पकेट, ब्लक, जोन,सुपरजोन जस्ता कार्यक्रम संचालन गरि व्यवसायीक खेती बिस्तार गर्ने सरकारले लिएको लक्ष लाई टेवा पुयाउने गरि हाल कैलाली कंचनपुर,बाके बर्दिया, दाङ्क रुपन्देहि नवलपरासी , चितवन,बारा, सर्लाहि मोरङ्ग, सुनसरी लगायतका जिल्लाहरुमा लगभग १८ हजार हेक्टरमा व्यवसायीक केरा खेती भैरहेको छ । उक्त केरा खेतीवाट झण्डै ७ लाख मेट्रिकटन बार्षिक उत्पादन भैरहेको छ । संगसगै रेसा बाट धागो,हाते कागज,चिप्स, प्राङ्गारिक मल,लगायतका मुल्य श्रृखला मार्फत केरा लाई सिगो उधोगको रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । जसको लागि सरकारी, राष्टिय÷अन्तर राष्टिय गैरसरकारी सस्था,तथा निजी क्षेत्रको करौडौको लगानी समेत भै रहेको छ । केरा पकाउने चेम्बर, टिस्यूकल्चर प्रबिधि बाट केराका बेर्ना उत्पादन , केरा व्यवसायमा थोपा सिचाई को प्रभावकारी प्रयोग जस्ता प्रबिधिहरु ले यसको व्यवसाय बिस्तारको सम्भावना अझ बढेर गएको छ । यो व्यवसायमा कंचनपुर, कैलाली ,बाके ,बर्दिया, दाङ्क ,रुपन्देहि,नवलपरासी ,चितवन, बारा, सुनसरी, मोरङ्ग तथा झापा जिल्लाहरुमा लगभग २५ हजार कृषकहरुले व्यवसायीक केरा खेती गरिरहेका छन् भने ५० हजार यूवाहरुले रोजगारीको अवसर प्राप्त गरिरहेका छन् ।
नेपाल २३ अप्रेल २००४ मा बिश्व व्यापार संगठनको १४७ औ सदस्य राष्ट भई सके पश्चात १ जनवरी २००७ देखि स्वच्छताको प्रमाण पत्र (सेनेटरी तथा फाईटोसेनेटरी सर्टिफिकेट) पूर्णरुपमा लागु गर्ने सम्झौतामा नेपाल सरकारले हस्ताक्षर गरिसकेको अवगत नै छ । नेपालमा उत्पादनको अनुपातमा माग बढी भएर पनि भारत लगायतका मुलुकबाट बिश्व व्यापार संगठन को प्राबधानमा टेकि बिभिन्न कृषिजन्य उत्पादन आयात भै रहेको छ । तथापि केराको हकमा मापढण्ड पुरा नगरी आर्थिक चलखेलको आधारमा अबैधरुपमा भारतीय केरा आयत भैरहेकोे छ जसका कारण नेपाली केरा कृषकहरुले बर्षेनी करोडौको नोक्सानी व्यहोरी रहेका छौ ।
नेपाल सरकारको आधिकारीक निकाय क्षेत्रिय प्लान्ट क्वारेन्टाईन हुदाहुदै बाहिरी रुपमा मात्र आखाले परिक्षण गरि केरा आयात गर्न दिईएको प्रति हाम्रो गंभिर आपत्ति रहेकोे छ । बिश्व व्यापार संगठन को नियम अनुसार एक देशको उत्पादन अर्को देशमा निकासी पैठारी गर्दा स्वच्छताको प्रमाण पत्र आवश्यक पर्ने र उक्त सर्टिफिकेट दिनु पहिले रोग, किरा तथा बिषादीको अवषेश परिक्षण तथा बिषादीको कारण मानव स्वास्थ्यको दृष्टिकोणले उपयूक्त भए नभएको एकिन गरिनु पर्ने कानुनी व्यवस्था रहेको छ । उक्त कुनै मापदण्ड पुरा नगरी निर्वाध रुपमा केरा आयात गर्न दिनु नेपाली केरा कृषकका लागि दुर्भाग्य भएको समेत अनुरोध गर्दछौ । हाम्रो देशको कुनै पनि कृषिजन्य उत्पादन स्वच्छताको प्रमाण जारी नगरे सम्म भारतमा निर्यात गर्न नदिने र नेपालमा उत्पादन भएको अदुवा,गोलभेडा र जुटमा भारत सरकारले लगाएको प्रतिबन्ध सर्वविदितै रहेकोछ ।
आयातीत कृषिजन्य उत्पादनले नेपालको व्यापार घाटा चुलिदै गएको सन्र्दभमा कृषिजन्य बस्तुको व्यवसायीकरण गरि स्वदेशमा नै रोजगारीका सम्भावना तथा अवसर सृजना गरि राज्यलाई आत्मनिर्भरतामा टेवा पुयाउने लक्षका साथ अगाडि बढीरहेका केरा कृषकहरु निर्वाध रुपमा भारतवाट केरा आयात गरिएकोले नेपालमा उत्पादन भएको केरा विक्री वितरण हुन नसक्दा हामि कृषकहरु मारमा परेका छौ । जसले गर्दा कृषकहरुले घर जग्गा धितो राखि लिएको कर्जा डुव्ने खतरा एकातिर छ भने अर्को तर्फ उत्पादीत केरा बगैचामा नै नष्ट भएर गईरहेको छ । जोखिमहरु मोलेर व्यवसायीकता तर्फ उन्मुख कृषकहरु बिभिन्न समस्याहरुका कारण यस व्यवसाय बाट पलायन हुदै गर्दा राज्यले लिएको समृद्घि बाटो ओझेलमा पर्ने निश्चित छ । तसर्थ यस विषयमा समयमा नै गम्भिर भई दिन सरोकारवाला निकायको ध्यान आकर्षण गराउन चाहन्छौ ।
नेपालका केरा कृषकलाई धारासायी हुन बाट बचाउन र केरा कृषकको संरक्षण गरि केरा व्यवस्याय लाई व्यवस्थित बनाई स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्नको लागि कंचनपुर देखि झापा सम्मका केरा कृषकको तर्फबाट माननीय मन्त्री ज्यू समक्ष तपशिलका माग राख्दै यो ज्ञापन पत्र पेश गर्दछौ ।
मुख्य मागहरुः

(१) केरा कृषकको सहभागितामा केरा मूल्य श्रखलाको विकास तथा विस्तारको लागि ऐन तथा निति नियम निमार्ण गरी कार्यान्वयन गरिनु पर्ने ।

(२) नेपाल सरकारको आधिकारीक निकाय बाट प्रचलित कानुन तथा बिश्व व्यापार संगठनको नियम अनुसार आयातित बस्तुको बिषादीको मात्रा, रोग तथा किराको परिक्षण स्वस्थताको प्रमाण पत्र (सेनेटरी तथा फाईटोसेनेटरी सर्टिफिकेट) अन्तर्गत अपनाउनु पर्ने मापदण्ड पुरा नभएको बिदेशि आयातीत केरामा यथासिघ्र रोक लगाउनु पर्ने ।

(३) भन्सार प्रयोजनको लागि हाल भारतबाट आयातीत केराको कायम गरेको मुल्य समय सापेक्ष नभएकोले संसोधन गरिनु पर्ने । प्रति केजी काचो केराको मूल्य अनुसार नै चिसान केन्द्र (च्ष्उभलष्लन ऋजबmदभच० मा पकाएको केराको मूल्य कायम गरि केरा आयात भई रहेको ले चिसान केन्द्र मा पकाएको केराको मूल्य फरक हुने भएको ले भन्सार प्रयोजनको लागि सो को मुल्य तोकिनु पर्ने ।

(४) भारतबाट कम लागतको कारण केरा नेपालमा डम्पिङ्ग गर्ने परिपाटीको अन्तयको लागि बिश्व व्यापार संगठनको ब्लतष्(मगmउष्लन नियम अनुसार हाल केरा मा कायम रहेको ५ प्रतिशत भन्सार दर लाई ३० प्रतिशत बृद्घि गरि डम्पिङ्ग गर्ने परिपाटी को अन्त्य गरिनु पर्ने ।

(५) भन्सारमा अन्डर बिल तथा अन्डर परिमाणको माध्यमबाट राजश्व छली भै रहेको र आलु ,केरा तथा अन्य तरकारीको आयातमा अन्य अबैध बस्तु जस्तो मिठाई, कालो प्लाष्टिक व्याग, चिनी लगायतका बस्तुको आयात भै रहेको ले आयातित बस्तुको कडाईका साथ चेकजाच तथा परिमाण एकिन गरि भन्सार छलिको अन्त्य गरिनु पर्ने ।

(६) तराईका जिल्लामा व्यवसायीक रुपमा फष्टाउदै आएको विलियम हाईब्रेड, मालभोग, हरिसाल ,जी नाईन लगायतका रैथाने जातका कुनै पनि केराका जात हाल सम्म सुचिकृत नभएको ले उक्त जातका केरा लाई सुचिकृत गरिनु पर्ने । रैथाने केराका जातको तन्तु प्रजनन प्रबिधि बाट बेर्ना उत्पादन गरी प्रर्बद्घन गरिनु पर्ने ।

(७) कैलाली ,कंचनपुर र बारा लगायतका जिल्लाहरुमा केराको जोन बनाउनको लागि आवश्यक मापढण्ड पूरा भएकोले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागु गरिनु पर्ने । साथै कृषक लाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋण, को व्यवस्था गरिनु पर्ने र हाल केरा व्यवसायमा प्रयोग भएको थोपा सिचाई प्रबिधिमा प्रयोग हुने पानीमा घुलनशिल मल को व्यवस्था गरिनु पर्ने ।
हस्ताक्षर

क्रस नाम पद सस्था ठेगाना हस्ताक्षर
१ उद्घव अधिकारी अध्यक्ष राष्टिय कृषक समुह महासंघ नेपाल, राष्ट्रिय कार्यसमिति काडमाडौ काठमाडौ
२ यज्ञ प्रसाद सुबेदी अध्यक्ष चितवन केरा उत्पादक संघ चितवन
३ पूर्ण सिह साउद अध्यक्ष केरा उत्पादक तथा प्रबद्र्घन कृषि सहकारी सस्था लि (जिल्ला स्तरिय) कंचनपुर
४ राम बहादुर कुवर अध्यक्ष कैलाली केरा उत्पादक तथा प्रबद्र्घन कृषि सहकारी सस्था लि (जिल्ला स्तरिय) कैलाली
५ टोपलाल वि.क संयोजक केरा तथा फलफूल संघर्ष समिती बर्दिया बर्दिया
६ देबेन्द्र अधिकारी संयोजक केरा तथा फलफूल संघर्ष समिती बाके बाके
७ अजय यादव अध्यक्ष श्री बेलामाई कृषि सहकारी सस्था लि.रुपन्देही रुपनदेहि
८ सरोज कोईराला अध्यक्ष बारा केरा उत्पादक संघ बारा
९ आत्मराम राय अध्यक्ष सर्लाही केरा उत्पादक संघ सर्लाही
१० लख्खु यादव अध्यक्ष नवलपरासि केरा उत्पादक संघ नवलपरासि

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter