
अजय मिश्र/कपिलवस्तु ५ मंग्सिर कपिलवस्तु को बिभिन्न स्थान मा प्लाषि्टक बिगबिगी देखिए पछि शिवराज नगरपालिका क्षेत्र भित्र प्लास्टिकको कप, प्लेटर अन्य स्वास्थ्य र वातावरण मा प्रतिकूल असर पार्ने भएकाले नगर कार्य पालिका को बैठक ले २०७५ माघ १ गते देखि कुनै पनि होटल, रेस्टुरेंट, व्यवसायी, विक्रेता, उद्योगी र सबै नगरवासी...बाँकी अंश →

रियाद, साउदी अरब,५ मङ्सिर ,, यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी...बाँकी अंश →

इनरुवा, ५ मङ्सिर ,, सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको...बाँकी अंश →

काठमाडाँै, ५ मङ्सिर,, प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि शुरु हुँदैछ । नेपाल बक्सिङ सङ्घको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताको आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता ८ गतेसम्म चल्ने सङ्घका अध्यक्ष राम अवालेले जानकारी दिनुभयो । प्रतियोगितामा यू–१९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६०...बाँकी अंश →

पोखरा, ५ मङसिर,, पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा...बाँकी अंश →

परासी, ५ मङ्सिर ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो । स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले...बाँकी अंश →

बैतडी, ५ मङ्सिर ,, जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् । सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हुन् । सामुदायिक विद्यालयमा...बाँकी अंश →

काठमाडौँ, ४ मङ्सिर,, सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण...बाँकी अंश →

काठमाडौँ, ४ मङ्सिर,, सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले...बाँकी अंश →

काठमाडौँ, ४ मङ्सिर,, प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति पूर्णकुमारी सुवेदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा कुनै व्यवधान नपुग्ने गरी नहरमा तत्काल पानी छाड्न सरकारलाई निर्देशन दिएको हो ।...बाँकी अंश →

दमौली, ४ मङ्सिर,, केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । तनहुँ म्याग्दे गाउँपालिकाका उपभोक्तालाई पनि केही समय अघि यो उखान ठ्याक्कै मिल्थ्यो । तर अहिले त्यहाँका उपभोक्तालाई बेल पाक्दा लाखांै आम्दानी हुन थालेको छ । म्याग्दे गाउँपालिका–१, २ र ३...बाँकी अंश →

मुसिकोट, ४ मङ्सिर,, रुकुम(पश्चिम)को मुसिकोटमा साहित्यकारको जमघट भएको छ । यहाँस्थित राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले आज यहाँ चारदिने साहित्यिक भ्रमण तथा सिर्जनशील लेखन कार्यक्रम गर्दैछ । रुकुम पश्चिम र पूर्वका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसँगै सिर्जनशील लेखन तथा प्रशिक्षण दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला शाखा अध्यक्ष...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: