१९ चैत २०८२

समाचार

प्रधानन्यायाधीशमा राणा सिफारिश

काठमाडौँ, २७ मङ्सिर ,,   प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणालाई सिफारिश गरिएको छ । सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले राणालाई सर्वसम्मतबाट सिफारिश गरेको परिषद्का सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिल्मिसिनाले जानकारी दिनुभयो । न्याय परिषद्को बैठकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र राणालाई सिफारिश गरेको थियो । परिषद्ले सिफारिश गरेपछि राष्ट्रपतिले...बाँकी अंश →


बाल विकास केन्द्रमा ३१ प्रकारका सामग्री हस्तान्तरण

सल्यान २७, मङ्सिर ,,  कपुरकोट गाउँपालिकाले गाउँपालिकाभित्रका बाल विकास केन्द्रमा ३१ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बाल विकास केन्द्रको क्षमता अभिवृद्धि तथा बाल सिकाइमा सुधार ल्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । बाल विकास केन्द्र अनुगमन गर्दा केन्द्रमा धेरै समस्या देखिएपछि गाउँपालिकाले शैक्षिक सामग्री हस्तान्तरण गरेको कपुरकोट गाउँपालिकाका...बाँकी अंश →


अर्गेली : माग बढी, निर्यात कम

फिदिम, २७ मङ्सिर ,,  जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ । पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था...बाँकी अंश →


शहीदको सपना पूरा गराउन लागिपरेका छौँ – अध्यक्ष दाहाल

काठमाडौँ, २७ मङ्सिर ,,    नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताउनुभएको छ । थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उहाँले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही...बाँकी अंश →


अन्तर्राष्ट्रिय मेलाको तयारी तिव्र

रुपन्देही, २७ मङ्सिर ,,  रुपन्देही व्यापार सङ्घको आयोजनामा आगामी पुस ५ देखि बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०७५ तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । तयारीका क्रममा पूर्वाधार निर्माणको काम र मूल ढोका, सचिवालय तथा प्रदर्शनी कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको मूल समितिका सदस्यसचिव प्रकाश ढकालले जानकारी दिनुभयो...बाँकी अंश →


सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

काठमाडौँ, २७ मङ्सिर ,,  सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र कतिपय जिल्लामा कामले तीव्रता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । विद्यालय स्वास्थ्य संस्था, स्थानीय तह र सरकारी कार्यालयको सेवामा सूचना र प्रविधिको...बाँकी अंश →


इन्जिनियर्स एशोसिएसनमा गुप्ताको दाबेदारी

कपिलवस्तु , २६ मंसिर नेपाल इन्जिनियर्स एशोसिएशनको संघीय संरचना अनुसारको ऐतहासिक प्रथम प्रदेश कार्यकारिणी समितिकोे निर्वाचनमा इन्जिनियर सूर्यदेव गुप्ता उम्मेद्धवार बन्नुभएको छ । एशोसिएशनको ३२ औ राष्ट्रिय कार्यकारिणी समिति तथा  देशभरी एकै साथ मंसिर २८ गते हुन गइरहेको ७ वटै प्रदेश समिति निर्वाचनमा गुप्ता प्रदेश नम्बर ५ बाट सदस्य पदमा...बाँकी अंश →


उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’

बागलुङ, २७ मङ्सिर , नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ । टेलिकम बागलुङ कार्यालयका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ,...बाँकी अंश →


धान खरीदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

धनगढी, २७ मङ्सिर,,   नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा मूल्यमा व्यापारीबाट हुने मोलमोलाइको समस्या हटेको किसानले बताएका छन् । संस्थानले मोटो धान प्रतिक्विन्टल रु दुई...बाँकी अंश →


आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

ललितपुर, २७ मङ्सिर ,,  राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास...बाँकी अंश →


हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

सोलुखुम्बु, २७ मङ्सिर जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका...बाँकी अंश →


गोर्खा स्मारकको संरचनाविपरीत कार्य रोक्न सभापति गुरुङको माग

काठमाडौँ, २७ मङ्सिर ,,  स्याङ्जा जिल्लाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण भइरहेको गोर्खा स्मारकको गतिविधिप्रति गोर्खा स्मारक ट्रष्टका सभापति तथा गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले स्मारकको संरचनामा गरिएको फेरबदल र केही व्यक्तिको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यस्ता क्रियाकलापले कसैको हित नगर्ने उहाँद्वारा आज जारी प्रेस...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter