२६ असार २०८३

समाचार

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रसेल्स, २७ मङ्सिर ,,  बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुग्नुभएको छ । युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर,...बाँकी अंश →


भियतनाममा बाढीका कारण १३ जनाको मृत्यु

हनोइ, २७ मङ्सिर ,,  भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको...बाँकी अंश →


नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २७ मङ्सिर ,,  प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारी पत्रमा दुई काउन्सिल बीच पत्रकारितासम्बन्धी सूचना, अनुभव र आदानप्रदान गर्ने, स्तरीय...बाँकी अंश →


पर्यटन प्रवद्र्धनलाई साझा अवधारणा

काठमाडौँ, २७ मङ्सिर ,,  नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताउनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनबारे आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएकाले कार्यक्रम बनाएर प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →


शेयर बजार सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २७ मङ्सिर,,  धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर...बाँकी अंश →


चुहावट नियन्त्रण र बक्यौता असुलीमा कर्मचारीलाई प्रोत्साहन

काठमाडौँ, २७ मङ्सिर ,, ( नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । प्राधिकरणले विद्युत् माग बढाउन, चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता भए असुली गर्न देशव्यापी रुपमा नै कार्य सम्पादन करार सम्झौता शुरु...बाँकी अंश →


वडाको सेवा घरघरमै

रुकुम, पश्चिम, २७ मङ्सिर ,,  जिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन् । यस क्रममा मुसिकोट– ९ ले वडामा पाइने सम्पूर्ण सेवा घरघरमै पुगेर दिएको छ । एक हप्ताको बीचमा वडाले वडाका सम्पूर्ण घरघरमै सेवा पु¥याउने उद्देश्यले गाउँगाउँमा पुगेर घुम्ती शिविर आयोजना गरेको थियो...बाँकी अंश →


उठ्यो भूकम्पले ढलेका पाँच विद्यालय

चरिकोट, २७ मङ्सिर,, दोलखामा २०७२ को भूकम्पले भवन ध्वस्त भई टहरामा अध्ययन गर्दै आएका पाँच विद्यालयका विद्यार्थीको पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको छ । हिमाली जिल्ला दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जङ्गुमा रहेको चार विद्यालय र वैत्येश्वर गाउँपालिका–८ यवोको एक विद्यालयमा सेभ द चिल्ड्रेनले पक्की भवन निर्माण गरी दिएसँगै बालबालिकाको...बाँकी अंश →


चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

दमौली, २७ मङ्सिर,, तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले चालू आवमा रु पाँच करोड चार लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा चार महीनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको हो । नगरपालिकाले मङ्सिरको...बाँकी अंश →


संविधान कार्यान्वयन आवश्यक– पूर्वराष्ट्रपति

काठमाडौँ, २७ मङ्सिर ,, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज यहाँ विमोचन गर्दै उहाँले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको...बाँकी अंश →


शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल–सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौँ, २७ मङ्सिर ,, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा...बाँकी अंश →


भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै

बर्दिबास, २७ मङ्सिर,,  सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आज आयोजित अव्यवस्थित बसोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा मन्त्री अर्यालले अहिले भूमिबारे नीति निर्माण र कानूनसम्बन्धी काम भइरहेको जानकारी दिनुभयो । महोत्तरी जिल्लाका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter