१९ चैत २०८२

समाचार

आगलागीमा परी एकै घरका तीनको मृत्यु

2018-12-14 09:26 लमही, २८ मङ्सिर ९,,  दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय...बाँकी अंश →


नागरिकता विधेयक–२०७५ स्थगित गर्न माग

2018-12-14 09:11 भरतपुर, २८ मङ्सिर,,  (नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् । राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार एशोसिएशनद्वारा बिहीबार संयुक्तरुपमा यहाँ आयोजित अन्तरक्रियामा उनीहरुले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइको नागरिकता विधेयक २०७५ स्थगित गर्न माग गर्दै आफ्नो खुट्टामा आफँैले बञ्चरो नहान्न सरकारसंग आग्रह...बाँकी अंश →


जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत

2018-12-14 08:56 बेझाड, २८ मङ्सिर,,  बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा...बाँकी अंश →


पायक पर्ने ठाउँमा स¥यो नगरपालिका

2018-12-14 08:50 बलेवा, २८ मङ्सिर,, वडाध्यक्षहरुले सामूहिक ज्ञापनपत्र बुझाएको तीन महीनापछि बागलुङ नगरपालिकाको कार्यालय बजारमा सरेको छ ।सर्वसाधारणका लागि पायक पर्ने ठाउँको खोजी गर्दै नगरकार्यपालिकाको कार्यालय कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा सारिएको हो । नगरप्रमुख जनकराज पौडेलको नेतृत्वमा वडा नं २ मा बिहिबार भेला...बाँकी अंश →


भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

2018-12-14 08:34 पोखरा, २८ मङ्सिर ,,  भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) चलचित्र बनाइएको छ । भुजेल समाज सेवा समिति, केन्द्रीय समिति र भुजेल चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिको सक्रियतामा निर्मित उक्त चलचित्र सेवानुङ फिल्म प्रालिको पहिलो प्रस्तुती रहेको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही...बाँकी अंश →


तुइनबाटै तारिन्छ सवासरी साधान

2018-12-14 08:14 –हेमन्त केसी जाजरकोट, २८ मङ्सिर ९,,  तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् । भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् ।...बाँकी अंश →


सीमामा वारिपारिको मिलोमतोमा अपराध

2018-12-14 07:36 –यज्ञराज आङ्देम्बे दमक, २८ मङ्सिर ,,  भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि...बाँकी अंश →


मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

भीमदत्तनगर, २८ मङ्सिर,,  वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आउनुभएकी उहाँ र उहाँको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन ।“हिउँदका बेला नदीमा दिनभरि...बाँकी अंश →


निशुल्क मिटर वितरण गरिने

अजय मिश्र/कपिलबस्तु नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यलय बुटवल मताहत रहेका सम्पूर्ण वितरण शाखा कार्यलय हरुबाट अति बिपन्न लक्षित वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा नि:शुल्क मिटर जडान गर्ने देखिएको छ। क्षेत्रीय कार्यलय बुटवल ले आर्थिक वर्ष ७५/७६मा लाईन वितरण र नि:शुल्क मिटर जडान कार्यक्रम का लागि पाँच करोड बजेट समेत छुट्याको...बाँकी अंश →


साउदी अरेबियालाइ सहयोग अन्त्य गर्ने विषयमा सिनेट मतदान

वासिङ्टन, २७ मङ्सिर ,,   साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित गरेको छ । साउदी पत्रकार जमाल खशोग्जीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कङ्ग्रेसबीच तनाव जारी रहेको छ । सिनेटरबीच...बाँकी अंश →


रेल दुर्घटनामा चारको मृत्यु ४३ घाइते

अङ्कारा, २७ मङ्सिर ,, टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् । गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको रेल अधिकारीले बताएका छन् । एकै रेल लाइनमा दुई इन्जिन जुधेर भएको सो दुर्घटनाबाट चार...बाँकी अंश →


इजरायली कारबाहीमा प्यालेस्टिनी मारिए

जेरुसेलम, २७ मङ्सिर ,,  पश्चिमी गाजा क्षेत्रमा दुईजना इजरायली नागरिकको हत्यामा संलग्न रहेको आशंका गरिएका एकजना प्यालेस्टिनी इजरायली सेनाको कारबाहीमा मारिएका छन् । दुई महिनादेखिको खोजी पश्चात ती प्यालेस्टिनी मारिएको इजरायली सैनिक अधिकारीले बताएका छन् । इजरायली अधीनस्थ पश्चिमी किनाराको बार्कान औद्योगिक क्षेत्रमा गत अक्टोबरमा २८ वर्षीय एक महिला र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter