
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विगतको जस्तो लकडाउन अब नहुने स्पष्ट पारेका छन्। रक्षा मन्त्रालयमा केही पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व पश्चिम समेट्ने गरी एकै साथ एउटै तरिकाको लकडाउन नहुने बताए। 'अब फेरि लकडाउन हुँदैन। सम्पूर्ण रूपमा लकडाउन गर्ने सरकारको योजना छैन। पहिला निरपेक्ष ढंगले सबै ठाउँमा लकडाउन गरिएको...बाँकी अंश →

नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार उपाध्यक्ष गौतमले एक प्रेस नोट जारी गर्दै आफूले राखेको ६ बुँदे प्रस्ताव त्यसकै उदाहरण रहेको समेत दाबी गरेका छन्। 'अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तर्विरोध हल हुन नसक्दा तीन वटा विचार समूह बनेका छन्।...बाँकी अंश →

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको बताएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीको एक कलेजमा गरेको कार्यक्रममा प्रचण्डले ओलीले आफूहरूलाई दलाल करार गर्न खोजेको र नेताहरूको बीचमा विभाजन पैदा गर्न खोजेको आरोप लगाएका थिए। कार्यक्रममा प्रचण्ड,...बाँकी अंश →

कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। गृहमन्त्रालयका अनुसार १४ मध्य केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएकाे छ। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा...बाँकी अंश →

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा यस्तो सुझाव आएको हो। 'छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ,'बैठकका एक सहभागीले भने,'कतिपय विज्ञहरूले त कर्फ्यूसमेत...बाँकी अंश →

साउन १६ गते बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गर्यो। रिक्त एक सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गर्ने व्यवस्थाअनुसार लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा मुख्यसचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवले नाम सिफारिस गरेका हुन्। उक्त सिफारिसमा सहसचिवहरू चन्द्रमान...बाँकी अंश →
पार्टी एकतापछि जनता समाजवादी पार्टीको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ। उक्त बैठकमा केन्द्रीय कार्यकारिणी समितिका ५१ जना सहभागी हुनेछन्। नेता केशव झाका अनुसार बैठक आज दिउँसो १ बजेदेखि बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानको हलमा बस्नेछ। तुलसीलाल अमात्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता हुन्। तत्कालीन समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच...बाँकी अंश →

प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात बुँदामा आफ्ना कुरा राखेका छन्। उनले कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरेका छन्। कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू...बाँकी अंश →

प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोनाभाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरेका हुन्। उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरबाह, जनताप्रति उदासिन हुँदै...बाँकी अंश →

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्। कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले उनीहरूसँग छलफल गरेका हुन्। अहिले पनि बालुवाटारमा छलफल जारी छ। छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता...बाँकी अंश →

काठमाडौँ– बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन्। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन्। नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव...बाँकी अंश →

न्यू देल्ही, भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको जानकारी उनले आइतबार दिउँसो ट्वीट मार्फत सार्वजनिक गरेका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको बताए। 'कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।' 'मेरो स्वास्थ्य ठीक छ,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: