बिहिबार, १५ चैत २०८०

गृहले भन्यो- १४ जिल्लामा निषेधाज्ञा

२१ श्रावण २०७७, बुधबार २३:३७ मा प्रकाशित

कोभिड १९ को संक्रमण रोक्न देशका १४ जिल्लामा यतिबेला आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ। गृहमन्त्रालयका अनुसार १४ मध्य केहीमा जिल्लाभर र केहीमा आंशिक निषेधाज्ञा गरिएकाे छ।

सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। पर्सा, बारा र सर्लाहीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा रहनेछ भने सप्तरीमा साउन २६ गतेसम्म, बाँकेमा २४ र स्याङ्जामा २३ गतेसम्म निषेधाज्ञा गरिएको छ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रमा २५ गतेसम्म निषेधाज्ञा गरिएको छ।

नुवाकोटको पूर्वमा बोहोरेभन्ज्याङ, पश्चिममा नयाँ चौतारा, उत्तरमा बागेश्वरी भन्ज्याङ र दक्षिणमा पोखरी डाँडा हिलेटोलसम्म निषेधाज्ञा गरिएको छ।

मोरङको बिराटनगर महानगरपालिकामा ३० गतेसम्मका लागि, महोत्तरीको सदरमुकाम आसपास (जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका) क्षेत्रमा आज साँझसम्म निषेधाज्ञा छ।

झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि र अर्जुनधारा नगरपालिकामा भोलिसम्मका लागि निषेधाज्ञा गरिएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६, ७ र ८ मा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ। बझाङको थलारा गाउँपालिका वडा नं. ५, र केदारस्युँ गाउँपालिका वडा नं. ६, ७ मा ३२ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ।

दार्चुलाको मार्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter