१९ चैत २०८२

समाचार

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २७ फागुन ,,  ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो...बाँकी अंश →


दुई विकास बैंकको एकता प्रक्रिया शुरु

बुटवल, २७ फागुन  ,,   रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद...बाँकी अंश →


साक्षरता कार्यक्रम चलाउँदै शुभतारा

काठमाडौँ, २७ फागुन  ,,  ललितपुरको शुभतारा विद्यालयले ३० औँ स्थापना दिवसका अवसरमा समुदायस्तरमा रोजगारमूलक तालीम र सीपका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । सानोपाबाट लामाटारको १२० रोपनी जग्गाको नवनिर्मित विद्यालय भवनमा सामुदायिक पुस्तकालय स्थापनाका साथै साक्षरता कार्यक्रम सञ्चालनको तयारी गरिएको विद्यालयका संस्थापक निर्देशक रानी गुरुङ कक्षपतिले जानकारी दिनुभयो...बाँकी अंश →


प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य कार्यालय स्थापना

पर्वत, २७ फागुन  ,,  गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो । पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै...बाँकी अंश →


प्रहरीको नयाँ कार्यालय भवन शिलान्यास

इनरुवा, २७ फागुन ,, जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । रु छ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिप्रका हाताभित्रै शिलान्यास गर्नुभयो । हालको संरचना पुरानो र जीर्ण रहेकाले समेत...बाँकी अंश →


उपकरण थप्दै भरतपुर विमानस्थल

चितवन, २७ फागुन  ,,  भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले...बाँकी अंश →


पटक पटक म्याद थप्दा पनि खानेपानी आयोजना अधुरै

बनेपा, २७ फागुन ,,  काभ्रेपलाञ्चोकको तीनवटा नगरपालिका (बनेपा, धुलिखेल र पनौती) बासिन्दाका लागि शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले विगत छ वर्ष अगाडि शुरु भएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सातौँ पटक म्याद थप्दा पनि सम्पन्न नहुने भएको छ । २०६९ साल मङ्सिर २७ गते सम्झौता भई २०७० जेठ...बाँकी अंश →


साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान, २७ फागुन ,,  साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बताइएको छ ।...बाँकी अंश →


भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित

काठमाडौँ, २६ फागुन ,, प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । भूउपयोग...बाँकी अंश →


सन्दर्भः अरनिको स्मृति दिवस

काठमाडौँ, २६ फागुन ,, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सोमबार पहिलो स्मृति दिवस मनाउँदैछ । अरनिको निधन भएको दिन पारेर प्रतिष्ठानले मार्च ११ तारिखमा विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष उहाँको स्मृति दिवस मनाउने तयारी गरेको छ । सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा...बाँकी अंश →


शून्य समयमा उठाइएका जनचासोका कुरा

काठमाडौँ, २६ फागुन ,,  प्रतिनिधिसभामा सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमति, महिला आयोगमा पदाधिकारी नियुक्ति, जनकपुर–जयनगर रेल, नारायणी नदीमा पुल निर्माणलगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद अञ्जना विशङ्खेले लामो समयदेखि राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन अवस्थामा रहनु सुहाउँदो कुरा...बाँकी अंश →


विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ ः प्रम

काठमाडौँ, २६ फागुन ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter