१८ चैत २०८२

समाचार

नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ

काठमाडौँ, २८ चैत ,, नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् । सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको...बाँकी अंश →


कारको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, २८ चैत ,,मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट गए राति मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को१५प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय...बाँकी अंश →


दुर्घटनामा पोखरेली सङ्गीतकर्मी थुलुङको निधन

कास्की, २८ चैत ,, दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका सङ्गीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ । बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उहाँ सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको...बाँकी अंश →


औषधि बरामद

भद्रपुर, २८ चैत (रासस) : झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी...बाँकी अंश →


सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर, २८ चैत ,, कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको नेविसङ्घ सुदूरपश्चिम...बाँकी अंश →


भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी

रसुवा, २८ चैत ,, भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा...बाँकी अंश →


३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ

ललितपुर, २७ चैत ,, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ (एचएलबी) भेटेको छ । एचएलबी विशेष गरी अमिला (सिट्रस) अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा,...बाँकी अंश →


दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता

बलेवा, २७ चैत ,, बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो । आयोजनाको नेपाल विद्युत् प्राधिकरण र धौलागिरि सिभिल इलेक्ट्रिकल मेकानिकल इञ्जियनीयरीङ (धौलागिरि...बाँकी अंश →


विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने : उपराष्ट्रपति

ललितपुर, २७ चैत ,, उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आज पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्दै उहाँले तीन तहको सरकारको साझा एजेण्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देश अहिले समृद्धिको बाटोमा अघि...बाँकी अंश →


कैदीलाई नागरिकता

डोटी, २७ चैत ,, जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामै पहिलो पटक कारागारमै गएर एक कैदीलाई नेपाली नागरिकता प्रदान गरेको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको केआइसिंह गाउँपालिका ५ बस्ने २१ वर्षीय हरि विकलाई कारागारमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । “म केही दिन...बाँकी अंश →


आलेख ः बाँदरले दुःख दिएपछि मकैको विकल्पमा चैते धान

बेझाड, २७ चैत ,, पाल्पाका अधिकांश स्थानमा चैते धान लगाउने चलन हराइसकेको भए पनि बढ्दो बाँदर आतङ्कका कारण मकैको विकल्पका रुपमा किसानले फेरि यसलाई रोज्न थालेका छन् । धेरै कृषक सुख सुविधा भोगी भइसके । कतिपयले भने सिँचाइ, कामदार अभाव जस्ता कारण चैते धानको खेती गर्न छाडिसके । चैतेक धान लगाउने...बाँकी अंश →


हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

काठमाडौँ, २७ चैत ,, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter