
सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ,...बाँकी अंश →

काठमाडौँ, ८ वैशाख ,, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी...बाँकी अंश →

खलङ्गा, ८ वैशाख ,, जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन् । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ । अन्य सात गाउँपालिकामा भने दमकल छैन । जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्र जुम्लाको तथ्याङ्कअनुसार जिल्लामा बाह्रै महीना आगलागीको उच्च जोखिममा देखिएको छ । आगलागीका घटना...बाँकी अंश →
चितवन, ८ वैशाख ,,पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन कार्यक्रममा उहाँले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । तीन खम्बे...बाँकी अंश →
धादिङ, ८ वैशाख ,, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । काठमाडौँबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना ४ ख १४१५ नम्बरको बस उछिन्ने क्रममा सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा दोलखाका हरिवंश केशीर र सोहि...बाँकी अंश →

सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ । स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा...बाँकी अंश →

काठमाडौँ, ८ वैशाख ,, पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । आफ्नो ठाउँको सम्पदा आफैँले बनाऔं भन्ने उद्देश्यले पुनःनिर्माण थालिएको भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले जनाएको छ । भूकम्प गएको झण्डै चार वर्षपछि स्थानीयवासीको अग्रसरतामा अहिले तीन तले सो मन्दिरको माथिल्लो भाग भत्काउने काम भइरहेको छ...बाँकी अंश →

कोलम्बो, ८ बैशाख ,, श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ९ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते...बाँकी अंश →

डोटी, ८ वैशाख ,, जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किनुभयो । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताउनुभयो । “हामीलाई छोरो चाहिएको थियो, पलिया...बाँकी अंश →

मकवानपुर, ८ वैशाख ,, मकवानपुरका विभिन्न स्थानबाट लागुऔषधसहित प्रक्राउ परेका तीन जनालाई प्रहरीले आज आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बारा, परसौनी गाउँपालिका–५ का २२ वर्षीय पप्पु राय, मकवानपुर हेटौँडा–८ कमानेका २६ वर्षीय रुपक राई...बाँकी अंश →

बामाको, ८ बैशाख ,, अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् । राष्ट्रसङ्घको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ ।...बाँकी अंश →

कोलम्बो, ८ बैशाख ,, श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा कम्तीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: