शुक्रबार, ०४ जेठ २०८१

तिमी लाई किन आफ्नो नेता मानिराख्नुपर्ने आधारहरु बताउ

मो.रेहताज आलम

१० बैशाख २०७६, मंगलवार १०:२७ मा प्रकाशित

मधेसका नेताहरू मधेसी मुखी छैन।नेपाली संचार माध्यम ले मधेसीबादी भनी राख्दा ‘मैले त्येलाई मधेस केन्द्रित दल भन्दै आएको छु।तिनिहरु ले मधेसलाई राजनीतिक को केन्द्र बनायो।तर जनतालाई गराउनुपर्ने प्रत्याभूति गराउन सकेन।

नेताहरू मधेस मुखी काम गर्न सकेन।बि.स.2062/64 को पछी तीन वटा आन्दोलन भयो।त्यसमा धेरै जना शहादत दिए। त्यहाका जुन समस्या थिए ।स्वास्थ्य /शिक्षा /पर्यटन /रोजगारी ती सम्बन्धित बिभाग र मन्त्रालयमा आलो -पालो मन्त्री भए।

बि.स 2050 साल पुस 4 गते राज्य(तत्कालीन नेपाली कांग्रेसको नेतृत्व को सरकार ) संग सम्झौता भयो फेरि अर्को सम्झौता बि.स 2055 साल कार्तिक 16 गते 3 बुदे सम्झौता भयो ।पुनः 2064 भदौ 13 गते 22 बुदे फेरि 8 बुदे सम्झौता लगातार राज्यले आन्दोलनकारी संग गरेको सम्झौता हो।एउटा दलले अर्को दल संग मिलेर 7 वटा सम्झौता गर्यो।बि.स 2050 देखि 2074 सम्म आईपुदा ती कुराहरु लागू गरिदिएन भने त्यहीँ दल संग मधेसी दलहरू गइराख्नु औचित्य के थियोे र???

कांग्रेस /कम्युनिष्ट तत्कालीन एमाले /माओवादी मधेसका शोषक थिए। भने 2063 पछी त्यो दल संग सहकार्य गर्नु को अर्थ के थियोे र?????यदि उनी संगै सहकार्य गर्नु थियोे भने ‘ती दलको बारेमा भ्रम छरी मधेस बाट मत लिएर फेरि ठुला दल लाई बुझाउनुको अर्थ के थिए र????किन???? जनतालाई झुक्याउने किन र के का लागि ???यदि वास्तवमा कांग्रेस र कम्युनिष्ट दल शोषक हो भने ‘ती दलको विरुद्ध आन्दोलन गर्नु पर्थ्यो ?यदि सिंहदरबार मधेसी जनता को पीडा हो भने सिंहदरबार घेरिनुपर्थ्यो ?एमाले ले गर्दा मधेसी जनता शोषित भएको हो ‘भने पार्टी कार्यालय घेरिनु पर्थ्यो तर जनता को चुलो चौका बन्द गरेर नाका बन्दी गर्यो ।काठमान्डौ को नागरिक को के दोष थिए र??? ललितपुर _भक्तपुर का नागरिक ले के बिगारेका थिए र??सिंहदरबार घेरिने हिम्मत नहुनेहरु सिमा घेरिए।
जन केन्द्रित राजनीतिक नेपालमा सुरु नै भएकै छैन।
पहिले प्राथमिकता देश हुनुपथ्र्यो तर पहिलो गुट दोस्रो आफै र जनता माध्यम मात्र भए।अहिले आएर 21 औं शताब्दी मा पनि नागरिक- नागरिक बिचमा/समुदाय- समुदाय बिचमा/बर्ग- बर्ग बिचमा द्र्न्द फैलाएर लडाएर राजनीतिक गर्दै छ।हामी नेपाली कति कमजोर भएको होला।
सिंहदरबार भित्र नक्सा पास नगरेका मन्त्रालय हरु छ्न।सिंहदरबारकै छेउमा गएर हेर्नुस खाल्डाखुल्डी छ्न।उपत्यका कै नागरिकहरु ले शुद्ध पानी खाएका छैन।आफ्नो उमेर राज्य को बाध्यतमक ब्यबस्थाका कारण घटदो क्रममा छ।नशुद्ध हावा न शुद्ध पानी न बसोबास नागरिक नागरिक जस्तो बस्न पाएका छैन।सिंहदरबारले कसैलाई हेरेको छैन।कुनै समुदाय ,कुनै ठाउँ ,कुनै बर्ग लाई यो मात्र होला कि -सिंहदरबारले सिमरा लाई हेर्यो सिम्रौनगढ लाई हेरेन `रौतहट लाई हेर्यो रोल्पा लाई हेरेन भने दुबै मान्छे गल्त रहेछ्न।दुबै अतिबादी सोच्का मान्छे रहेछ्न।राज्य संचालककर्ताहरु कहिँले पनि देश केन्द्रित राजनीतिक गरेका छैन।।

कालो अनुहार हुने मधेसीया हो धोती हो भनेर हेपने सौतेला व्यबहार गर्ने यो कुनै ब्यक्ति /दल/समुह /निजि स्वार्थ का लागि छरिएका बिउहरु हो।मैले पनि स-साना पीडा भोगेका छु तर राज्यले पठाइदिएका मान्छे ले गरेको त ….????ब्यक्ति को व्यबहार लाई राज्यको नीति होला भनेर राज्य संग बदला लिनु पनि गलत हो मान्छे को सोच र बुझाई को स्तर वृद्धि गर्नुपर्ने हुन्छ।मधेस को मान्छे लाई यो कुरा बुझनु जरुरी छ कि हुम्ला- जुम्ला को मान्छे ले सिटामोल नपाएर मरिराखेका छ्न।5 किलोमिटर हिडेर पनि पानी न पाएर छट्पटीएर मरिराख्नु परेका छ्न।एक कल कुरा गर्न 8 घन्टा हिडेर सदरमुकाम जानुपर्ने हुन्छ।कुहिएको चामल लिन सिडियो संग छाप लगाई तीन घन्टा लाईन मा बस्नु पर्ने हुन्छ।यी कुराहरू मधेसका नागरिक ले थाहा पाउनु पर्छ। ठिक त्यस्तै पहाड र हिमाल को नागरिक लाई सोच्नुपर्छ।कालो अनुहार भएका धोती लगाउनेहरु तब देखि छ्न ‘जब देखि नेपाल थिएन ।

मधेस केन्द्रित दलको तिन वटा कुरा प्रष्ट छैन।धार धारणा र धरातल यी कुरा प्रष्ट नभए पछी उनी कसका लागि राजनीतिक गर्छन?राजनीतिक किन गर्छन् ?उनले गरेका राजनीतिक वटा को लभान्बित हुन्छ??
आन्दोलन गर्ने /शाहिद हुने /लाभ लिने तत्व फरक फरक छ्न।राजनीतिक भनेको मन्त्री बन्न पाउने मात्र होइन ।राजनीतिक भनेको कार्यपालिका /न्यायपालिका मा पहुच हुनु हो।

कांग्रेस बईमान दल हो।एमाले बदनाम दल हो।यदि जन्म कै अधारमा बादी हुने हो भने मार्क्सवादी हुन काल्मार्स्क कै सन्तान हुनुपर्थ्यो।’गान्धीबादी हुनुको निमित्त गान्धी थर नै हुनुपर्थ्यो ‘लेनिनवादि हुनुको लागि सबैको नामको पछाडि लेनिन हुनुपर्थ्यो र?होइन ।बादी ‘जन्म र भूगोल को अधार मा छेक्दैन।बिश्व भरी का कुनै पनि देश का कुनै पनि नागरिक जसले मधेस को हित’ बिकास ‘समृद्धि समानता ‘लागि काम गर्छ।त्यो मधेसबादी हुन …

मधेसमा जन्मेका मधेसी मुलुकै मधेसी नै थर भएका ब्यक्ति यदि मधेसको बिकास र समृद्धि चाहदैन ‘विभेद गराउछ ‘जातिय राजनीतिक गर्छ ‘भने त्यो मधेसबादी होइन ।
मधेसी जनता ले कुनै पनि दललाई निराश गरेनन् ।मधेस केन्द्रीत दलले एमालेलाई बिरोध गरिरख्दा पनि मधेसी जनताले एमाले लाई निराश हुन दिएन।यदि तपाई प्रदेश न:-2 लाई मात्र मधेस मान्नु हुन ‘ मधेस यदि 21 वटै जिल्ला लाई मधेस मान्नु हुन्छ भने भने म तपाईंलाई
स्मरण गराउ’ प्रतिनिधि सभाको निर्वाचन मा मधेस भित्र का 78 वटा सिट मध्ये एमाले 22 वटा सिट पाएका छ्न।जबकि राजपा 11 र फोरम 10 गरि जम्म 21 सिट मात्रै पाएका छन।एमाले मधेस मा पनि मधेस केन्द्रित दल भन्दा 1सिट ले अगाडि नै देखिए यसको अर्थ के हो भने जनता मौन छ्न।मुर्ख छैन ।जनता जानकार छ्न कि रुपैया बहुरुपियामा मत डाईभरट हुन सक्दैन।जनता समृद्धिको सोच राखेका छ्न’ बिकास खोजेका छ्न।

नेपाली सन्चार माध्यम पनि दोषि रहेका छ्न ‘जो मधेसको जनता ले खोजेका कुरा ‘चाहेका कुरा’ र वास्तविकता समस्या सतह मा ल्याईदिएन।निर्वाचन क्षेत्र परिधी ‘जनघन्त्व ‘प्रदेश को सिमा यो जनताको माग हो त? नेता को माग होला, जनताको माग न हुनसक्छ्न।अंगीकृत नागरिकले पनि मुख्य पदका लागि उम्मेदवार हुनुपर्छ।सभामुख, प्रधानमन्त्री!,मन्त्री बन्न पाउनु पर्छ अवाज उठिरहियो ।अंगीकृत नागरिकता मधेसी जनताको माग होइन ।म मधेसी मुलुकको मान्छे हो। यदि त्यो ठाउँ दिने हो ।भने मेरै ठाउँ हन्न हुन्छ।यो मेरो ठाउँ हो। आफ्नो शरीरमा बन्चरो हानेर एजेन्डा उठाउला त??
शरीर को जुनसुकै अंगमा चोट लागे पनि दुख्ने त शरीर भरी नै हो।नेपाल बनाउन मधेस त्यसै भित्र पर्छ।

तिमी मन्त्री भएर मधेस ले के पायो जानकारी पाउ?तिमी किन र के का लागि सम्झौताहरु गर्यौ?तिमी लाई किन आफ्नो नेता मानिराख्नु पर्ने अधारहरु बताउ??

मुदा बेचेर मुद्रा कमाउनेहरु मधेसको नेता भए
घना जंगलीका रुखहरुले बन्चरोलाई भोट् दिराख्थ्यो जबकी त्यो बन्चरोले त्यही रुख काटी रहेकोे थियोे तर किन दिराख्थ्यो भने बन्चरो को पछाडि को जुन बिड हुन्छ त्यो आफ्नै जातको हो।भनेर सबै रुखले त्यहीँ बन्चरो लाई भोट् दिराख्यो।बुझाईमा समस्या छ्न।

राज्यले अब नागरिक संग प्रत्यक्ष सन्वाद गर्नुपर्छ।आफ्नो नागरिक संगको सन्वादमा बिचैलिया,माध्यम ,सतह ,तह राख्दिनु हुँदैन ।समान अनुभुति ,समृद्धि दिनको लागि राज्यलाई माध्यम किन चाहियो???.र?
एउटा् आमाले आफ्नो सन्तान लाई दूध खुवाउन माध्यम राख्न जरुरी छ?????

प्रदेश न:-2 जिल्ला :-रौतहट

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter