काठमाडौँ, १५ वैशाख ,, प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उहाँले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रांैँ योजनाको अवधिमा निरपेक्ष गरीबीको...बाँकी अंश →

बेइजिङ, १५ वैशाख ,, राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको बैठक...बाँकी अंश →

राजविराज, १५ वैशाख ,, हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको...बाँकी अंश →

भीमदत्तनगर, १५ वैशाख ,, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।...बाँकी अंश →

जाजरकोट, १५ वैशाख ,, जाजरकोट नलगाड नगरपालिका– ४ का बद्री पन्त दुई महीनाअघि डोल्पा आउँदा यातायात व्यवसायीबाट हैरानी व्यहोर्नुपरेको थियो । उहाँ अहिले जाजरकोट–डोल्पा सडकखण्ड यात्रा गर्दै दुनै पुग्दा आनन्दले यात्रा गरेको बताउनुहुन्छ । उहाँ जस्तै अर्का यात्रु राजबहादुर शाहीले पनि यो पटक यात्रा सोचेको भन्दा पृथक भएको बताउनुभयो ।...बाँकी अंश →

भोजपुर, १५ वैशाख ,, गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गर्नु भएको छ । १८ कोठा रहेको उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो । भवन सरकारको लागतमा निर्माण भएको हो । विसं २०६० फागुन...बाँकी अंश →

चितवन, १५ वैशाख ,, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने (ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड) बाट...बाँकी अंश →

बलेवा, १५ वैशाख ,, बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी...बाँकी अंश →

डोटी, १५ वैशाख ,, जिल्लामा लामो समयदेखि काम गर्दै आइरहेका ग्रामीण विकास सेवा केन्द्र (आरडिएससी) नामक संस्थाले यहाँका सात स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री युकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाले उपलब्ध गराएको हो । विपद् व्यवस्थापन सामग्री पाउनेमा दिपायल सिलगढी र शिखर नगरपालिका तथा...बाँकी अंश →

वीरगञ्ज, १५ वैशाख , बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर...बाँकी अंश →

काठमाडौँ, १५ वैशाख ,, ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो । जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि...बाँकी अंश →

हुम्ला, १५ वैशाख ,, पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: