१५ चैत २०८२

समाचार

केपिएल ः मध्यपश्चिम विजयी

सुर्खेत, १५ वैशाख  ,,  वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ । कालिञ्चोक मैदानमा आज बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९...बाँकी अंश →


अध्यक्षको तलबबाट विपन्नलाई सहयोग

दैलेख, १५ वैशाख ,  दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार रकम गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका...बाँकी अंश →


सडकमा कोही भोकै हिँड्नुपर्दैन ः प्रधानमन्त्री

काठमाडौँ, १५ वैशाख  ,, प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उहाँले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रांैँ योजनाको अवधिमा निरपेक्ष गरीबीको...बाँकी अंश →


लगानीका लागि राष्ट्रपतिको आग्रह

बेइजिङ, १५ वैशाख  ,, राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको बैठक...बाँकी अंश →


चट्याङबाट एकको मृत्यु

राजविराज, १५ वैशाख  ,,  हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको...बाँकी अंश →


जेष्ठ नागरिकको भत्ता बढ्छ : रक्षामन्त्री पोखरेल

भीमदत्तनगर, १५ वैशाख ,,  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।...बाँकी अंश →


यातायातामा सुधार

जाजरकोट, १५ वैशाख  ,, जाजरकोट नलगाड नगरपालिका– ४ का बद्री पन्त दुई महीनाअघि डोल्पा आउँदा यातायात व्यवसायीबाट हैरानी व्यहोर्नुपरेको थियो । उहाँ अहिले जाजरकोट–डोल्पा सडकखण्ड यात्रा गर्दै दुनै पुग्दा आनन्दले यात्रा गरेको बताउनुहुन्छ । उहाँ जस्तै अर्का यात्रु राजबहादुर शाहीले पनि यो पटक यात्रा सोचेको भन्दा पृथक भएको बताउनुभयो ।...बाँकी अंश →


गृहमन्त्रीद्वारा भवन उद्घाटन

भोजपुर, १५ वैशाख ,,  गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवनको आज उद्घाटन गर्नु भएको छ । १८ कोठा रहेको उक्त भवन रु चार करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो । भवन सरकारको लागतमा निर्माण भएको हो । विसं २०६० फागुन...बाँकी अंश →


बाघको आहारा प्रजातिको अनुगमन

चितवन, १५ वैशाख ,, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने (ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड) बाट...बाँकी अंश →


सडक स्तरोन्नति गर्ने कार्य शुरु

बलेवा, १५ वैशाख ,,  बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी...बाँकी अंश →


विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

डोटी, १५ वैशाख ,,  जिल्लामा लामो समयदेखि काम गर्दै आइरहेका ग्रामीण विकास सेवा केन्द्र (आरडिएससी) नामक संस्थाले यहाँका सात स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री युकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाले उपलब्ध गराएको हो । विपद् व्यवस्थापन सामग्री पाउनेमा दिपायल सिलगढी र शिखर नगरपालिका तथा...बाँकी अंश →


निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

वीरगञ्ज, १५ वैशाख  ,  बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter