शनिबार, ०५ जेठ २०८१

लगानीका लागि राष्ट्रपतिको आग्रह

१५ बैशाख २०७६, आईतवार १३:५६ मा प्रकाशित

बेइजिङ, १५ वैशाख  ,, राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमर्शियल स्टक इण्टरप्राइजेज) को संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइण्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ तथा चीन – नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तित्वसँग भेटवार्ता गर्नुभएको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको बैठक आयोजना गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको परिस्थिति अनुकूल भएको, आर्थिक विकास गर्नैपर्ने आवश्यकता बढेको र लगानीका लागि उचित वातावरण भएकाले लगानीका लागि आग्रह गर्नुभयो ।

चिनियाँ पक्षबाट मञ्चमा व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने बताइएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङ्छी, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि हुनुहुन्थ्यो ।

––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter