०७ पुष २०८२

समाचार

इन्डोनेसियामा बाढीका कारण १२को मृत्यु, १५ हजार विस्थापित

इन्डोनेसियामा बाढीका कारण १२को मृत्यु, १५ हजार विस्थापित जाकार्ता, १५ वैशाख  ,, सिन्ह्वा० ः इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् । राजधानी जाकार्ता...बाँकी अंश →


भारतमा बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते

भारतमा बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते नयाँ दिल्ली, १५ वैशाख  ,,  भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । शनिबार राति...बाँकी अंश →


नेपालले मलेसियालाई हराउँदै उपाधि जित्यो

काठमाडौँ, १५ वैशाख  ,,  नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा...बाँकी अंश →


‘नो ट्याक्स : नो एनसेल’ अभियान शुरु

काठमाडौँ, १५ वैशाख  ,,  आर्थिक विषयका जानकारहरूले एनसेलले सरकारलाई तिर्नुपर्ने बाँकी रहेको पूँजीगत लाभकर उठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । संवाद डबलीले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँहरुले राज्यले एनसेलबाट उठाउनुपर्ने लाभकर उठाउन प्रयास नगरेकाले जनस्तरबाट ‘नो ट्याक्स ः नो एनसेल’ अभियान शुरु गरेको जानकारी दिनुभयो ।...बाँकी अंश →


कृषकलाई अनुदानमा ट्र्याक्टर

काभ्रेपलाञ्चोक, १५ वैशाख  ,, पाँचखाल नगरपालिका–९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ । नगरप्रमुख महेश खरेलले आज कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गर्नुभयो । उहाँले मिनी ट्रेलरको प्रयोगले कृषकको समय र खर्चको बचत हुने बताउनुभयो । उहाँले भन्नुभयो “अब सबै वडाका कृषकलाई क्रमैसँग ट्र्याक्टर वितरण...बाँकी अंश →


वर्षातका कारण इँटा उद्योग बन्द

चितवन, १५ वैशाख ,,  नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन् । विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले जनाएका छन् । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार पानीका कारण काँचो इँटा बिग्रिएपछि...बाँकी अंश →


पदयात्री बढेपछि उत्साह थपिँदै

पोखरा, १५ वैशाख ,,  गत फागुन चैत महीनामा पटक÷पटक गरी परेको हिमपातका कारण अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका क्षेत्रमा प्रभावित पदयात्रा पर्यटनमा केही दिन यता पर्यटक बढ्न थालेसँगै उत्साह थपिएको छ । गत फागुन १३ गते अन्नपूर्ण आधार शिविर (एबिसी)मा आएको हिमआँधीका साथै त्यसयता विभिन्न समयमा परेको हिमपातले ठाउँठाउँमा पदमार्ग...बाँकी अंश →


हेलिप्याड निर्माण शुरु

रसुवा १५ वैशाख  ,,  हेलिकोप्टरलाई सहज तवरले अवतरण गराउन उत्तरी रसुवाको स्याफ्रुवेशीमा हेलिप्याड निर्माणको प्रकृया अगाडि बढेको छ । गोशाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार गाउँपालिकाको मुख्य कार्यालय रहेको गोशाइँकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुवेशीमा आकस्मिक उद्वारको लागि हेलिकोप्टर अवतरण गर्ने मैदान निर्माणको प्रकृया अगाडि बढाइएको हो । राजमार्गले...बाँकी अंश →


विपन्न महिलालाई अनुदान

गोरखा १५, वैशाख  ,,  शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । गाउँपालिकाले नौ वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख सुदीप विकले जानकारी दिनुभयो । “सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका छन्, उहाँहरुलाई छनोट...बाँकी अंश →


शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण

बेझाड, पाल्पा, १५ वैशाख  ,,  पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले सङ्गाल्नुभएको छ । अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर...बाँकी अंश →


केपिएल ः मध्यपश्चिम विजयी

सुर्खेत, १५ वैशाख  ,,  वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ । कालिञ्चोक मैदानमा आज बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९...बाँकी अंश →


अध्यक्षको तलबबाट विपन्नलाई सहयोग

दैलेख, १५ वैशाख ,  दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफूले पाएको पारिश्रमिकमध्येको रु एक लाख ८० हजार रकम गाउँपालिकाभित्र रहेका विपन्न, दलित, द्वन्द्वपीडित र जेहेन्दार व्यक्तिलाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन भएको दुई वर्षको अवधिसम्म प्राप्त गरेको पारिश्रमिकमध्येकै रकमबाट विभिन्न समस्या भएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter