शनिबार, ०५ जेठ २०८१

वर्षातका कारण इँटा उद्योग बन्द

१५ बैशाख २०७६, आईतवार १५:३० मा प्रकाशित

चितवन, १५ वैशाख ,,  नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन् । विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि उद्योग चल्न नसकेको व्यवसायीले जनाएका छन् ।

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार पानीका कारण काँचो इँटा बिग्रिएपछि व्यवसायीले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् । जिल्लामा रहेका सबै उद्योग बन्द भएको उहाँले बताउनुभयो । जिल्लामा १८ इँटा उद्योग रहेका छन् । यही समयमा उत्पादन गरेको इँटाले कात्तिक÷मङ्सिरसम्म धान्नुपर्ने भए पनि इँटा उत्पादन नहुँदा आउँदो आर्थिक वर्षमा यसको प्रभाव देखिने सापकोटाले बताउनुभयो ।

पछिल्ला वर्षमा विभिन्न कारणबाट नोक्सान बेहोर्दै आएका इँटा व्यवसायीले इँटा उत्पादनमा ऋण नपाउने, बीमा नहुने, खुला आकाशमुनि काम गर्नुपर्ने र अर्धशिक्षित÷अशिक्षित जनशक्तिसँग काम गर्नुपर्दा विभिन्न समस्या बेहोर्नुपरेको जनाएका छन् । सापकोटाका अनुसार एउटा उद्योगमा रु पाँच देखि १० करोड लगानी भएको छ । यहाँको इँटा कास्की, गोरखा, लमजुङलगाएतका जिल्ला जाने गर्दछ ।

निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको भन्दै उहाँले वास्तविक तथ्याङ्क सङ्कलन नभए पनि करोडौँको क्षति भएको बताउनुभयो । सङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका सापकोटाले पानीको प्रभाव पश्चिम नेपालमा बढी परेको र तराईमा हावाहुरीका कारण इँटा उत्पादनमा बाधा पुगेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter