१३ चैत २०८२

समाचार

खैरो हेरोइनसहित पक्राउ

काठमाडौँ, १७ वैशाख  ,, नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख...बाँकी अंश →


उद्योगबाट रु चार करोडभन्दा बढी जरिवाना असुल

वीरगञ्ज, १७ वैशाख  ,,  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व छल्दैँ आएका यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारी प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड...बाँकी अंश →


प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने

हेटौँडा, १७ वैशाख  ,,  प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना...बाँकी अंश →


श्रीलङ्कामा भएका आतङ्ककारी आक्रमणहरुमा ४२ विदेशी मारिएको पुष्टि

श्रीलङ्कामा गत अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् । अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती...बाँकी अंश →


हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं ः महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न...बाँकी अंश →


हवाई कारबाहीमा सत्र तालिबान लडाकु मारिए

काला इ नाउ, १७ बैशाख  ,,  अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकूविरुद्ध जारी रहेको शृङ्खलाबद्ध हवाई कारबाहीमा परी कम्तीमा १९ तालिबान लडाकू मारिएका अफगान सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सो प्रान्तको आब कमारी जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सोमबार अबेर राति भएको हवाई कारबाहीमा तालिबानका जिल्ला प्रमुख मावलवी...बाँकी अंश →


चार वर्षअघिको हत्या अनुसन्धान शुरु

पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शङ्कास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा चासो नदिइएको आफन्तको आरोप छ । लामो समयसम्म छोराको हत्यारालाई पक्राउ...बाँकी अंश →


जिल्ला इञ्चार्जसहित १० पक्राउ

बाजुरा, १७ वैैशाख ,,  नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा...बाँकी अंश →


कैलालीको लम्की तनावग्रस्त, सात प्रहरी घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी...बाँकी अंश →


महिलाले गर्छन् परिवार र समाजको नेतृत्व

उठ चेलीबेटी हो आँशु पुछेर अझै कति आँशुमुनि बस्छौँ रुझेर... । गायक रायन श्रेष्ठकोे यो गीतले घरभित्रै चुलो चौकामा सीमित हुने महिलालाई सक्षम बन्न प्रेरणा दिन्छ । केही वर्ष अगाडिसम्म यो गीतले ग्रामीण महिलाको अवस्थाबारे झल्काउँथ्यो तर अहिले उनीहरुको जीवनशैली फेरिएको छ । जिम्मेवारी बढेपछि कुनै समय घरभित्रै सीमित रहने...बाँकी अंश →


असिनाका कारण कृषक मर्कामा

पोखरा, १७ वैशाख  ,, पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ । असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३...बाँकी अंश →


लागुऔषधसहित दुई युवा पक्राउ

लहान, १७ वैशाख ,,  प्रतिबन्धित लागुऔषधसहित आज बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागुऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter