शनिबार, ०५ जेठ २०८१

असिनाका कारण कृषक मर्कामा

१७ बैशाख २०७६, मंगलवार १२:३९ मा प्रकाशित

पोखरा, १७ वैशाख  ,, पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ ।

असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिनुभयो ।

लगातार ठूलो सङ्ख्यामा परेको असिना तथा हावाहुरीसहितको पानीले लामगादी मौरीपालन केन्द्रका १५ वटा मौरीको घार पूर्णरुपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो । वरपरका बोट बिरुवामा फुलेका फूलसमेत असिनाले झारे पछि मौरी चरनका लागिसमेत समस्या परेको उहाँले बताउनुभयो । असिनाका कारण कृषकले लगाएका काँक्रो, घिरिम्लो, लौका, गोलभेडा, सिमीलगायतका तरकारीमा क्षति पुगेको छ ।

मालेपाटन कृषि अनुसन्धान केन्द्रमा रहेको लिचीको बगैँचा असिनाले पूर्ण क्षति बनाएको केन्द्रका प्रमुख युवराज भुसालले जानकारी दिनुभयो । केन्द्रभित्र बीउबिजन प्रयोजनका लागि लगाइएका लहरे बालीमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter