
पोखरा बैसाख २८ , हालसम्म पनि विद्युत् सेवा पुग्न नसकेको तनहुँको ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा विद्युत् सेवा पु¥याउन काम तीव्र पारेको हो । चालू आर्थिक वर्षको असारसम्म बिजुली नपुगेका तीन प्रतिशत घरधुरीमा बिजुली बाल्ने गरी काम...बाँकी अंश →

काठमाडौँ बैसाख २८ ,, यात्रु र सवारीचालकले रातको समयमा समेत सहज रूपमा हिँड्ने वातावरण बनाउन ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो । सडकबत्ती जडानले स्थानीयवासीसँगै यहाँ घुम्न आउने विदेशी पर्यटकलाई समेत...बाँकी अंश →

चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै रु पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र...बाँकी अंश →

काठमाडौँ, २७ वैशाख ,, राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा...बाँकी अंश →

खस्यौली, २७ वैशाख,, भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने...बाँकी अंश →

पर्सा, २७ वैशाख ,, वीरगञ्जको नगवामा निर्माण हुनलागेकोे ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा दुईतले सुविधासम्पन्न वृद्धाश्रम निर्माण हुनेछ । सो अवसरमा मुख्यमन्त्री गद्दीले ज्येष्ठ नागरिकका लागि निर्माण भइरहेको...बाँकी अंश →

बलेवा, २७ वैशाख ,, बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न...बाँकी अंश →

भरतपुर, २७ वैशाख ,, इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई...बाँकी अंश →

नवलपरासी, २६ वैशाख ,, पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पसप्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो । अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन...बाँकी अंश →

नेपालगञ्ज, २६ वैशाख ,, नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै...बाँकी अंश →

काठमाडौँ, २६ वैशाख ,, प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गर्नुभएको छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी...बाँकी अंश →

बाजुरा, २६ वैशाख ,, नेपाली चलचित्र क्षेत्रका कलाकार राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गर्नुभएको छ । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आउनुभएका कलाकार हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताउनुभयो । हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: