१२ चैत २०८२

समाचार

आर्थिक विधेयक विचार गरियोस् प्रस्ताव पारित

विराटनगर, ५ असार  ,,  प्रदेश नंं १ प्रदेशसभाको आज बैठकले आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (१) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गर्नुभएको सो प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा मन्त्री...बाँकी अंश →


मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने

काठमाडौँ, ५ असार   ,,  नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा...बाँकी अंश →


भूकम्पबाट विस्थापित परिवारले पाए निजी आवास

चौतारा, ५ असार  ,,  भूकम्पबाट विस्थापित सिन्धुपाल्चोक सेलाङका १९ परिवार बुधबारदेखि बासँखर्कस्थित नवनिर्मित निजी आवासमा बस्न थालेका छन् । अक्सफाम जिवी नेपालको आर्थिक सहयोग तथा जनहित ग्रामीण सेवा समितिको साझेदारीमा निर्माण गरिएको एकीकृत बस्तीमा विगत चार वर्षदेखि विस्थापित जीवन बिताउँदै आएका उनीहरु निजी आवासमा बस्न थालेको एकीकृत आवास निर्माण समितिका...बाँकी अंश →


खानेपानी योजना शुरु

कावासोती, ५ असार   ,,   नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ । नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ...बाँकी अंश →


स्काभेटरमा आगजनी

फिदिम, ५ असार   ,,  पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखिएको स्काभेटरमा आज बिहान आगजनी भएको छ । लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाटोमा...बाँकी अंश →


रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा ४३ हजार युवा उडे

काठमाडाँै, ५ असार  ,,  बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन् । स्वदेशमै रोजगारी अवसर सिर्जना गर्ने गरी सरकारले ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेपनि जेठमा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिए । वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४०...बाँकी अंश →


वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

काठमाडौँ, ५ असार   ,,   प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ । उहाँले कारखाना सञ्चालन नहुँदा हजाराँै मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिनुभयो । बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार...बाँकी अंश →


फोहर सङ्कलनमा शिक्षित युवा

ललितपुर, ५ असार   ,,  शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् । एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् । पुनः प्रशोधन हुने...बाँकी अंश →


स्थानीय तहमा दातृ निकायले आफूखुशी काम गर्न नपाउने ः मन्त्री पण्डित

काठमाडौँ, ५ असार  ,,  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै...बाँकी अंश →


प्रतिनिधिसभा ः शून्य समय

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरतकुमार शाहले गुठी विधेयक फिर्ता लिएसँगै संविधानको भावना विपरीत बनेका मिडिया काउन्सिल, सुरक्षा परिषद, सूचना प्रविधि र मानव अधिकारसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गर्नुभयो । सांसद बिमला नेपालीले दलित समुदायलाई थरका आधारमा...बाँकी अंश →


कोपा अमेरिका, अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

साओ पाउलो, ५ असार   ,,    ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ । पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले ३७औं मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनेल मेस्सीले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।...बाँकी अंश →


अस्पतालजन्य फोहर व्यवस्थापनको चुनौती

नेपालगञ्ज, ५ असार  ,,  बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० श्ययाको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter