०१ पुष २०८२

समाचार

गुरु पूर्णिमाको अवसरमा रक्तदान

काठमाडौँ, २ साउन   ,,  गुरु पूर्णिमाको अवसरमा श्यामाश्यामधाम थिमिमा भक्तपुर रेडक्रसको सहयोगमा श्यामाश्यामधाम थिमिमा आयोजित रक्तदानमा ४९ जनाले रक्तदान गरेका छन् । तीन दिवसीय उक्त कार्यक्रममा राधामाधव समितिअन्तर्गतको विद्वत् समाजका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटाले मानव सेवाश्रमका संयोजक रश्मि आचार्यलाई पाँच थान पलङ र दश थान बिछ्यौना प्रदान गर्नुभयो । सोही...बाँकी अंश →


भन्सारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन

भीमदत्तनगर, २ साउन  ,,  कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकेन । आव ०७५÷७६ मा रु ४० करोड १२ लाख ६२ हजार राजश्व सङ्कलनको वार्षिक लक्ष्य लिएको भन्सारले रु ३६ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ । आर्थिक मसान्तको अन्तिमतिर भारतबाट तरकारी, चिनीलगायतका वस्तु...बाँकी अंश →


डिजिटल प्राविधिबाट काम शुरु

जाजरकोट, २ साउन  ,,  कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका...बाँकी अंश →


व्यावसायिक जडीबुटी खेतीको भारत निकासी घट्यो

नेपालगञ्ज, २ साउन   ,,   जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुडीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको थियो । औषधिको रूपमा प्रगोग...बाँकी अंश →


राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २ साउन   ,,  प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै...बाँकी अंश →


बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास, २ साउन  ,,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुग्नुभएका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गर्नुभएको हो ।...बाँकी अंश →


महोत्तरीमा २४ सडक बाढीले क्षति

बर्दिवास, २ साउन  ,,  एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात...बाँकी अंश →


हजयात्रीलाई गृहमन्त्री थापाद्वारा बिदाइ

काठमाडौँ, २ साउन  ,,  गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई...बाँकी अंश →


गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त

भद्रपुर, २ साउन  ,,  ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताउनुभयो । सो गाउँपालिकामा...बाँकी अंश →


एक वर्षमा १४६ को मृत्यु

चितवन, २ साउन  ,,  गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४...बाँकी अंश →


कालीगण्डकीमा स्टिमर सेवा स्थगित

पर्वत, १ साउन  ,,  कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्थगित भएको हो । यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको...बाँकी अंश →


छरुवा धान खेतीप्रति आकर्षण

कञ्चनपुर, १ साउन  ,,  कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ । खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter