बिहिबार, ०६ बैशाख २०८१

डिजिटल प्राविधिबाट काम शुरु

२ श्रावण २०७६, बिहीबार १२:५७ मा प्रकाशित

जाजरकोट, २ साउन  ,,  कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले जानकारी दिनुभयो । सूचना दर्ताहरु, जिन्सी व्यवस्थापन, सम्पत्ति कर व्यवस्थापन, अनलाइनबाट शुरु गरिएको उनले बताए । यो प्रर्णाली लागू गरेसँगै दर्ता भएको निवेदन तथा चिट्ठीपत्र हराउने झञ्झटबाट मुक्त हुनाका साथै सजिलैसँग रेकर्ड हेर्न सकिने अपेक्षा लिइएको छ । सबै कुशे गाउँपालिकाले मोबाइल एप्स तथा फेसबुक पेज, ट्विटर र युट्युब च्यानल यसअघि नै सञ्चालन गरिसकेको सूचना तथा प्रविधि अधिकृत प्रकाश शाहीले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter