०१ पुष २०८२

समाचार

राजश्व सङ्कलनमा वृद्धि

तनहुँ, ७ असार   ,,  गत आर्थिक वर्षमा तनहुँमा रु पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन गरिएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आव २०७४÷७५ मा रु ८२ करोड ९७ लाख ७६ हजार ५८५ राजश्व सङ्कलन गरेको...बाँकी अंश →


जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक मर्मत गरिने

काठमाडौँ, ७ साउन  ,,   जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी सहजरुपमा यातायात सञ्चालन गराएर कालोपत्र गर्ने काम अघि बढाउन जनप्रतिनिधि सहमत भएका छन् । गत भदौमै कालोपत्र भइसक्नुपर्ने गरी ठेक्का भएको सडक थपिएको म्याद सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । गत वर्ष सकिएर थपिएको म्याद पनि आगामी भदौमा सकिँदैछ...बाँकी अंश →


कतारसँग नेपाल पराजित

काठमाडौँ, ७ साउन   ,,   आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य...बाँकी अंश →


पार्टी एकताको सम्पूर्ण काम साउनभित्र सकाइने

काठमाडौँ, ७ साउन  ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ आँै पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो । “एक दुई वटा औपचारिकता...बाँकी अंश →


थालेसिमियाका बिरामीलाई सहयोग

चितवन, ७ साउन   ,,   भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित सहयोग गर्दै आएको उक्त कोषले रु ९० हजार सहयोग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले उक्त कोषबाट वर्षको दुईपटक सहयोग उपलब्ध हुँदै आए पनि बिरामीका लागि...बाँकी अंश →


खसीबोका सङ्कलन केन्द्र निर्माण

गोरखा, ७ साउन  ,,  गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण भएको छ । जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण भएको हो । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजीकै करीब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रज...बाँकी अंश →


छुट्टछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, ७ साउन  ,,  छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको...बाँकी अंश →


मेची भन्सारको मुद्दा फछ्र्योटबाट रु तीन करोड बढी राजश्व

भद्रपुर, ७ साउन  ,,  मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका मुद्दा फछ्र्योटबाट मात्रै रु तीन करोड बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले ५३० मुद्दा फछ्र्योट गर्दा रु तीन करोड ३६ लाख ५८ हजार राजश्व असुली गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिनुभयो ।...बाँकी अंश →


पत्रकार कल्याण कोष स्थापना

काभे्रपलाञ्चोक, ७ साउन  ,,  नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ...बाँकी अंश →


लागुऔषध कारोवारमा समातिने भरियामात्रै

बाँके, ७ साउन  ,,  दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् । भारतीय प्रहरीका अनुसार, लागुऔषध तस्करीको सूचनामा...बाँकी अंश →


होटलमा यौनधन्दा गर्ने १० पक्राउ

परासी, ७ साउन  ,,  पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ । सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित...बाँकी अंश →


बिचौलियालाई कार्यालय प्रवेशमा रोक

तनहुँ, ७ साउन   ,,  जिल्ला प्रशासन कार्यालय तनहुँले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । आर्थिक प्रलोभनका कारण सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति बढ्दै गएकाले बिचौलियालाई कार्यालयमा प्रवेश गर्न रोक लगाएको हो । सेवाग्राहीले निर्वाधरूपमा सेवा लिन पाउने वातावरण सिर्जना गर्दै कार्यालयमा बिचौलियाको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter