शुक्रबार, ०७ बैशाख २०८१

पत्रकार कल्याण कोष स्थापना

७ श्रावण २०७६, मंगलवार १०:३७ मा प्रकाशित

काभे्रपलाञ्चोक, ७ साउन  ,,  नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले पत्रकार कल्याण कोष स्थापना गरेको छ । विपद्मा परेका पत्रकारलाई सहयोग गर्ने उद्दश्यले रु पाँच लाखको कल्याण कोष स्थापना गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार १० वर्षे मुद्धति खातामा राखिएको उक्त रकमको ब्याजबाट विपद्मा परेका पत्रकारलाई सहयोग गरिनेछ । “कार्यविधि बनाएर ब्याजवापतको रकमले सहयोग गर्नेछौँ”, तिमल्सिनाले भन्नुभयो । कोषमा रु १० लाख जम्मा गरिने लक्ष्य राखिएको छ । साथै, शाखाले पत्रकार दुर्घटना बीमा कार्यक्रम पनि शुरु गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter