१० चैत २०८२

समाचार

आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै

काठमाडौँ, १० साउन  ,,  अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले...बाँकी अंश →


आठ जना पुर्पक्षका लागि कारागार चलान

धनगढी, १० साउन   ,,  भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला...बाँकी अंश →


झापामा अङ्गीकृत नागरिकता लिने घटे

भद्रपुर, १० साउन  ,,  झापामा वैवाहिक सम्बन्धका कारण अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या घटेको छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अङ्गीकृत नागरिकता लिनेहरुको सङ्ख्या ३७९ जना रहेको छ । २०७४/७५ मा यस्तो नागरिकता लिनेहरुको सङ्ख्या ७४१ जना थियो । अघिल्लो आवकोे तुलनामा...बाँकी अंश →


विप्लव समूहका युवा अध्यक्ष पक्राउ

जाजरकोट, १० साउन  ,,  विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।बाँकी अंश →


प्रधानमन्त्रीसमक्ष सम्पत्ति फिर्ता पाउन उद्योगीको माग

काठमाडौँ, १० साउन  ,,  नेपाल तयारी पोशाक सङ्घका पूर्वअध्यक्ष वृजगोपाल इनानीले आफ्नो स्वामित्वमा रहेको महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रिजलाई कालोसूचीबाट हटाइ आफ्नो सम्पत्ति फिर्ता गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार एक ज्ञापनपत्र बुझाउँदै एशियन टेक्स्टाइल एण्ड गार्मेन्टस् काउन्सिलकासमेत पूर्वअध्यक्ष रहनुभएका इनानीले राष्ट्रिय वाणिज्य बैंकले आफ्नो उद्योगको सम्पूर्ण...बाँकी अंश →


बस र ट्रक ठोक्किँदा १५ घाइते

मुग्लिन, १० साउन  ,,   चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख २८९५ नंको मालबाहक ट्रक आज बिहान ८ः४० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले...बाँकी अंश →


सतुवाको व्यावसायिक खेतीतर्फ आकर्षण

पोखरा, १० साउन  ,,  जडीबुटीको संरक्षण र उपयोगलाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकामा स्थानीयवासीको सक्रियतामा औषधीय वनस्पति सतुवाको व्यावसायिक खेती थालिएको छ । नेपालका संरक्षित वनस्पतिको सूचीका रुपमा रहेको सतुवाको संरक्षणका लागि स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा सामूहिक सतुवा खेती...बाँकी अंश →


मुटु रोगी युवाको उपचारमा सहयोगका लागि आग्रह

बलेवा, १० साउन  ,,  मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई उपचार खर्च अभाव भएको हो । रेग्मीको मुटुमा प्वाल ९ब्क्इ ऋयिकगचभ० परेपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले...बाँकी अंश →


अल्लोबाट उत्पादित कपडाकोे माग बढ्यो

गलकोट, १० साउन  ,,  बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् । ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११...बाँकी अंश →


सिँचाइबाट तीन हजार लाभान्वित

तनहुँ, १० साउन   ,,  तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस...बाँकी अंश →


नमोबुद्धद्वारा इँटा उद्योग हटाउन निर्देशन

काभे्रपलाञ्चोक, १० साउन   ,,  नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालन हुँदै आएका इँटा उद्योग तत्काल हटाउन निर्देशन दिएको छ । नपाले गत बुधबार भकुण्डे क्षेत्रमा अवस्थित आठ इँटा उद्योग सञ्चालकलाई नपा र उद्योगीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न पत्रमार्फत निर्देशन दिएको हो । गत माघ महीनामा जिल्ला समन्वय समितिका पदाधिकारी, नपा...बाँकी अंश →


खुअवा मा विरोध कि अवरोध: सुनिल प्रसाद

विरोध गर्नु र अवरोध गर्नु दुई फरक कुरा हुन। विरोधको कारण हुन्छ भने अवरोध को बहाना हुन्छ। विगत दुई बर्षमा सखुअवामा विकास निर्माणको कार्य संचालनमा अनावश्यक अवरोध खडा गर्नेहरु देखिए। किनभने विरोध गर्नुको कुनै कारण थिएन, बहाना थुप्रै थियो। सखुअवा चौक देखी श्री देवी मा.वि. सम्म को सडक विस्तार र...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter