नेपालगञ्ज, १२ साउन ,, नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु गरेको छ । विसं २०५४ मा शुरु भई २०६९ देखि बन्द भएको यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो । अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो । विपन्न परिवारलाई...बाँकी अंश →

दमौली, १२ साउन ,, तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगरका २६३ घरधुरी लालपुर्जाविहीन अवस्थामा छन् । वर्षौदेखि जग्गा भोगचलन गरी बसोबास गर्दै आएका उक्त घरधुरी लालपुर्जाविहीन अवस्थामा रहेका हुन् । विसं २०४० देखि अव्यवस्थितरूपमा बसोबास गर्दै आइरहेका स्थानीयवासीको माग सुनुवाइ नहुँदा लालपुर्जाविहीन अवस्थामा रहनुपरेको देउरालीनगर अव्यवस्थित बसोबास व्यवस्थापन सङ्घर्ष समितिका संयोजक...बाँकी अंश →
हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु...बाँकी अंश →

कास्की, १२ साउन ,, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ...बाँकी अंश →
धादिङ, १२ साउन ,, धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ । तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु...बाँकी अंश →

चीनको मकाउमा सम्पन्न ३४औ अन्तराष्ट्रिय विज्ञान तथा प्रविधिको प्रतिष्पर्धा (कास्टिक)मा नेपालले दोस्रो पदक हात पार्न सफल भएको छ । यहि श्रावण ४ गते देखि १० गतेसम्म सम्पन्न यस प्रतिस्पर्धामा नेपालका ३ प्रतिस्पर्धीले भाग लिएका थिए । जसमध्ये ५५ देशका ६०० प्रतिस्पर्धीलाई पछि पार्दै आयुस झा र सुमिना सुवालले रजत तथा...बाँकी अंश →

मेलम्ची, १० साउन ,, चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार...बाँकी अंश →
लमही, १० साउन ,, दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ । सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको...बाँकी अंश →

काठमाडौँ, १० साउन ,, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि आज छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमाका लागि छोराछोरीले अर्थात्...बाँकी अंश →

रुकुमपूर्व, १० साउन ,, रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो । विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा...बाँकी अंश →

काठमाडौँ, १० साउन ,, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले...बाँकी अंश →

धनगढी, १० साउन ,, भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: