०९ चैत २०८२

समाचार

पथप्रदर्शक र भरिया विना पदयात्रा गर्छन् पर्यटक

चिप्लेढुङगा, १२ भदौ    चिप्लेढुङगा, १२ भदौ (रासस) ः नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गरेका छन् । पर्यटकमाथि खासै निगरानी नहँुदा र लचिलो नीति रहँदा पर्यटकमाथि विभिन्न घटना घट्ने गरेका छन् भने उनीहरुबाट पनि अवाञ्छित गतिविधिहरु हुने गरेका छन् । नेपालको समृद्धिको आधार पर्यटन भनेर...बाँकी अंश →


रामपुरमा व्यावसायिक फूलखेती

बेझाड, १२ भदौ  पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गर्नुभएको हो । दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गर्नुभएको छ । उहाँको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार...बाँकी अंश →


चीनको हेनानमा आँधीबाट आठ जनाको मृत्यु

हाइकाउ, १२ भदौ (रासस-सिन्ह्वा) – चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियो । एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले...बाँकी अंश →


चाडमा अन्तरजातीय हिंसा

चाड, १२ भदौ (रासस-सिन्ह्वा) – अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् । स्थानीय...बाँकी अंश →


नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

बाजुरा, १२ भदौ  संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित...बाँकी अंश →


विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ ः मुख्यमन्त्री भट्ट

डोटी, १२ भदौ  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्नुभएको छ । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्नुहुँदै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिनुभएको छ । निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही...बाँकी अंश →


लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

पर्सा, १२ भदौ   जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र...बाँकी अंश →


काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १२ भदौ    नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता...बाँकी अंश →


गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै

चितवन, १२ भदौ  अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१...बाँकी अंश →


माछा बिक्रीबाट स्वरोजगार बन्दै तामाङ

पोखरा, १२ भदौ  केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् । पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक रु २० हजारभन्दा बढी आम्दानी गरी...बाँकी अंश →


गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने

काठमाडौँ, १२ भदौ  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना...बाँकी अंश →


पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

भद्रपुर, १२ भदौ  झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् । उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter