
मकवानपुर, १३ भदौ प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ...बाँकी अंश →

चौतारा, १३ भदौ सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष...बाँकी अंश →

दमक, १३ भदौ पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् । गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् । आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको...बाँकी अंश →

काठमाडौँ, १३ भदौ काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गर्नुभएको हो । प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको...बाँकी अंश →

सुर्खेत, १३ भदौ कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सवमा उहाँले शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला सबै एकजुट बन्नुपर्ने बताउनुभएको हो । “राज्यले वर्षेनी करोडौँ बजेट विद्यालय शिक्षामा लगानी गरे पनि सन्तोषजनक उपलब्धि देखिएको...बाँकी अंश →

काठमाडौँ, १३ भदौ राष्ट्रियसभाको आजको बैठकले “नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सो विधेयकमाथि उठेको सैद्धान्तिक प्रश्नको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्नेभन्दा पनि आमसञ्चारमाध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले काउन्सिल विधेयक ल्याइएको बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, १३ भदौ वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि...बाँकी अंश →

कास्की, १३ भदौ रेन्बो चिल्ड्रेन होम नेपालले राष्ट्रिय समाचार समिति ९रासस० का पत्रकार हरि बाँस्तोलालाई सम्मान गरेको छ । उक्त संस्थाको ११औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको अवसरमा बालबालिकाको संवद्र्धन र विकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकामा उहाँसहित गोरखापत्र दैनिकका तारा चापागार्इं र गोर्खाली रेडियोका खिमा गुरुङलाई गण्डकी प्रदेशका उपसभामुख सिर्जना...बाँकी अंश →

बेझाड, १३ भदौ दलित महिलालाई लक्षित गरेर स्थानीय सरकारले विभिन्न सीपमूलक तालीम, कार्यक्रम ल्याउन थालेपछि उनीहरु सीप सिक्ने कार्यमा सरिक हुने गरेका छन् । सिलाइकटाइ, स्वीटर बुन्ने, चुरामा बुटिक भर्नेजस्ता तालीम स्थानीय सरकारले चलाउँदै आएको छ । तालीममा सहभागी हुने अवसर पाएपछि आयमूलक व्यवसायमा महिला अगाडि बढेका छन् । रामपुरकी...बाँकी अंश →

सप्तरी, १३ भदौ बासप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन्...बाँकी अंश →

काठमाडौँ, १३ भदौ पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन...बाँकी अंश →

ललितपुर, १३ भदौ ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ । महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो ।महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताउनुभयो । “ मङ्गलबजारस्थित वडा नं ११ मा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: