सोमबार, २४ बैशाख २०८१

शैक्षिक गुणस्तर सुधार गर्न सबै एकजुट बनौं ः सभामुख शाही

१३ भाद्र २०७६, शुक्रबार १६:२६ मा प्रकाशित

सुर्खेत, १३ भदौ  कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभएको छ । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सवमा उहाँले शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला सबै एकजुट बन्नुपर्ने बताउनुभएको हो । “राज्यले वर्षेनी करोडौँ बजेट विद्यालय शिक्षामा लगानी गरे पनि सन्तोषजनक उपलब्धि देखिएको छैन”, सभामुख शाहीले भन्नुभयो, “शैक्षिक गुणस्तर सुधार गर्न राज्यमात्र नभई शिक्षक, विद्यार्थी, अभिभावक सबै चिन्तित बन्नुपर्ने अवस्था आएको छ ।” उहाँले गुणस्तरीय शिक्षाबिना कर्णाली प्रदेश समृद्ध बन्न नसक्ने विचार व्यक्त गर्नुभयो । नेपाली भाषाको उद्गम थलो भएकै प्रदेशका विद्यार्थीहरु नेपाली विषयमा नै कमजोर हुनु दयनीय अवस्था भएको उहाँले बताउनुभयो । उहाँले स्थानीय र प्रदेश सरकारले विद्यालय तहको नतिजामा सुधार ल्याउन विशेष कार्यक्रमको खाँचो औँल्याउनुभयो । सभामुख शाहीले विभिन्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले कर्णाली प्रदेशभरिका विद्यार्थी अध्ययन गर्न आउने भएकाले अमरज्योतिमा भौतिक पूर्वाधारको विकासका लागि पहल गर्न सभामुखलाई आग्रह गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter