०८ चैत २०८२

समाचार

आश्रममा दुई लाखको अक्षयकोष स्थापना

बागलुङ, १८ भदौ  बागलुङबजार निवासी समाजसेवी कृष्णलाल शाक्यले मानवसेवा आश्रममा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । शाक्यले आफ्ना स्व हजुरबुबा जनकलाल र बुबा रामलालको स्मृतिमा ‘मानव सेवा कोष’ स्थापना गर्नुभएको हो । सहयोगपेक्षी व्यक्तिको सेवाका लागि कोष स्थापना गरेको शाक्यले बताउनुभयो । कोषबाट वार्षिक आउने ब्याज रकम आश्रित...बाँकी अंश →


माल्दिभ्सका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, १८ भदौ  मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ...बाँकी अंश →


तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक

इनरुवा, १८ भदौ  इनरुवा नगरपालिका–९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाहमुखी तरकारी खेती गर्दै आउनुभएको थियो । आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले तरकारी खेती गर्नुभएको छ । व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानको अभावका कारण आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले मौसम अनुसारको निर्वाहमुखी तरकारी खेतीजस्तै काउली, करेला, भण्टा,...बाँकी अंश →


आयुर्वेद उपचारमा आकर्षण बढ्दै

विराटनगर, १८ भदौ  पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ । जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ...बाँकी अंश →


भुक्तानी नपाएसम्म काम गर्न नदिने चेतावनी

मेलम्ची, १८ भदौ  मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका...बाँकी अंश →


तीन वर्ष बित्दा पनि बनेन पुल

दमौली, १८ भदौ  तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो । म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति...बाँकी अंश →


ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी

बनेपा, १८ भदौ    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा खरीद गरी १७ रोपनीमा लगाएको सो खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन शुरु गर्नुभएको...बाँकी अंश →


गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा

दैलेख, १८ भदौ    सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन...बाँकी अंश →


बढ्दो आत्महत्या चिन्ताजनक समस्या

फिदिम, १८ भदौ  विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष...बाँकी अंश →


चोरीका मोबाइलसहित तीन पक्राउ

भक्तपुर, १८ भदौ  महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल...बाँकी अंश →


स्क्रब टाइफसका २७ बिरामी भेटिए

अमरगढी, १८ भदौ  डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिनुभयो । दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्रमित भेटिएका हुन् ।...बाँकी अंश →


नाका सञ्चालनमा आएपछि तस्कर सक्रिय

मेलम्ची, १८ भदौ  चीन र नेपालबीचको ठूलो व्यापारिक तातोपानी नाकामा तस्कर सक्रिय हुन थालेका छन् । चार वर्षपछि खुलेको नाकामा सीमाक्षेत्रको बाटो भएर तस्कर सक्रिय हुन थालेको पाइएको छ । भूकम्पपछि बन्द भएका बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले नाका खोल्न आनकानी गर्दै आएको थियो । अहिले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter