०८ चैत २०८२

समाचार

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

जलेश्वर, २० भदौ  बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए । तर, ती महिलाले...बाँकी अंश →


श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

खोेटाङ, २० भदौ  श्रीमान्ले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको...बाँकी अंश →


झोलुङ्गे पुलको निर्माण सम्पन्न

म्याग्दी, २० भदौ  म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु ३५ लाख ८१ हजार ४६९ को लागतमा निर्माण भएको सो पुलबाट ५४ घरधुरीका ५९४ जनसङ्ख्या लाभान्वित भएको...बाँकी अंश →


सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

डोटी, २० भदौ  विमलबहादुर विष्ट  सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ...बाँकी अंश →


खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते

चरिकोट, २० भदौ  दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र...बाँकी अंश →


होटल व्यवसायी सङ्घमा पुनः अर्याल

रौतहट, २० भदौ  होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन हुनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा...बाँकी अंश →


काविविको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

काभ्रेपलाञ्चोक, २० भदौ    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो । सङ्घले विश्वविद्यालय प्रशासनसँग पटक–पटक गरिएका...बाँकी अंश →


शैक्षिक संस्थामा बम बिष्फोट

इनरुवा, २० भदौ  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । सुष्मा गोदावरी कलेजको...बाँकी अंश →


होटल व्यवसायीलाई आधारभूत तालीम

खोटाङ, २० भदौ  पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका...बाँकी अंश →


हत्याको आरोपमा एक पक्राउ

गोरखा, २० भदौ  हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका लामाले कुटपिट गरी...बाँकी अंश →


पोखरा र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता

चिप्लेढुङ्गा, २० भदौ  विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ ।...बाँकी अंश →


मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

मेलम्ची, १९ भदौ    मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter