
अर्घाखाँची, २३ भदौ अर्घाखाँची, २३ भदौ (रासस) ः नेपालमा पाइने चराका ८८६ प्रजातिमध्ये डंगर गिद्ध अति सङ्कटापन्न (लोप हुने) अवस्थामा छ । हाल नेपालमा डंगर गिद्धको सङ्ख्या २ हजारको हाराहारीमा रहेको अनुमान छ । सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौंको सङ्ख्यामा पाइने गिद्ध झण्डै ९५...बाँकी अंश →

जाजरकोट, २३ भदौ ः जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको मृत्यु भएको हो । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् ।...बाँकी अंश →

बेरुत बेरुत, २३ भदौ (रासस-एएफपी) ः पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ । इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।...बाँकी अंश →

परशुरामधाम, २३ भदौ परशुरामधाम, २३ भदौ (रासस) ः डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्ने भएपछि खुशी भएका यहाँ बासिन्दाको खशी लामो समय रहेन । पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा उनीहरु निकै खुशी थिए । नदीले दिएको दुःख पुल बनेपछि हट्ने...बाँकी अंश →

कमल खत्री बेनी, २३ भदौ ः पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुखसम्मनै विषादीयुक्त तरकारी र फलफूल पुग्ने गरेको सन्दर्भमा म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङका चार युवाले सामूहिक प्राङ्गारिक तरकारी खेती शुरु गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा समय व्यतीत गर्नुभएका तेजेन्द्र आचार्य, ओमबहादुर दर्जी, दलबहादुर नेपाली र भविलाल सुवेदीले सात...बाँकी अंश →

घोडाघोडी, २३ भदौ ः सुदूरपश्चिम प्रदेशको कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज निर्धारित समयमै निर्माण सम्पन्न हुनेभएको छ । गोदावरी नगरपालिका–५ गेटामा निर्माणाधीन उक्त कलेजको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । भौतिक पूर्वाधार निर्माणको काम भइरहेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले जानकारी दिनुभयो...बाँकी अंश →

काठमाडौँ, २३ भदौ ः नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा...बाँकी अंश →
कञ्चनपुर, २३ भदौ ः एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेङ्गुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको...बाँकी अंश →

महोत्तरी, २३ भदौ महोत्तरी, २३ भदौ (रासस) ः विगतमा चारकोसे झाडी भनिने महोत्तरीको वनक्षेत्र दिनहुँ उजाडिने क्रम बढ्दो छ । जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग छिचोल्न पार गर्नुपर्ने सघन वनक्षेत्र पछिल्ला चार दशकयता उजाडिने क्रम बाक्लिएको हो । विसं २०३६ अघि करिब ४० हजार हेक्टरको हाराहारीमा रहेको जिल्लाको राष्ट्रिय...बाँकी अंश →

दमौली, २३ भदौ ः तनहुँको व्यास नगरपालिकाको विकासको विद्यमान अवस्था, सम्भावना र स्रोतका सम्बन्धमा आवश्यक सूचना व्यवस्थापन गर्न पाश्र्वचित्र तयार पारिएको छ । नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, पूर्वाधारलगायत क्षेत्रको विद्यमान स्थिति झल्काउन पाश्र्वचित्र तयार गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको जनसाङ्ख्यिक, भू–जैविक, भौतिक, मानवीय, आर्थिक, सामाजिक, वातावरण र संस्थागत क्षेत्रको...बाँकी अंश →

राँझा, २३ भदौ अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ । कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि...बाँकी अंश →

चितवन, २३ भदौ ः विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: