०७ पुष २०८२

समाचार

वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूह विजयी

काठमाडौँ, ८ असोज  नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७आँै साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित हुुनुभएको छ । उहाँले कूल ३३० मत...बाँकी अंश →


प्रविधिसँग जोडिँदै महेन्द्र र चमेरे गुफा

चिप्लेढुङ्गा, ८ असोज  प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो...बाँकी अंश →


जङ्गली जनावर धपाउन खेतमै डेरा

कञ्चनपुर, ८ असोज  शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् । “जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले...बाँकी अंश →


परराष्ट्रमन्त्री जनरल डिबेटमा सहभागी

न्यूयोर्क, ८ असोज  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको छ । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गर्नुभयो...बाँकी अंश →


तीन दिनमा ४४ घरमा चोरी

गुल्मी, ८ असोज  तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–१ अन्तर्गत बलीथुममा आठ र...बाँकी अंश →


रतन्छामा घरैपिच्छे माछापोखरी

खोटाङ, ८ असोज    सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएका पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिका माछा । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासीका प्रत्येक घरमा माछापालन व्यवसाय गरिएको छ । जताततै पर्याप्त पानीको स्रोत रहेको रतन्छामा विसं २०५४ मा काठमाडौँस्थित गोदावरीबाट तीन हजार...बाँकी अंश →


रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य

काठमाडौँ, ८ असोज  शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि...बाँकी अंश →


बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित

तनहुँ, ८ असोज  जिल्लामा सञ्चालन हँुदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा...बाँकी अंश →


आफूखुशी मूल्य बढाए कारवाही गरिने

भद्रपुर, ८ असोज  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिनुभएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिनुभयो । कालोबजारी सिर्जना गरेर...बाँकी अंश →


बलात्कार आरोपमा १४ वर्ष कैद

स्याङ्जा, ८ असोज  एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु एक लाख क्षतिपूर्तिसमेत भराउने फैसला गरेको श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिनुभयो...बाँकी अंश →


दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या

फिक्कल, ६ असोज  इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर...बाँकी अंश →


चट्याङ लागेर एकको मृत्यु

पर्सा, ५ असोज  वर्षासँगै परेको चट्याङ लागेर पर्सामा आज बिहान एक युवकको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लागेर पर्साको बहोदरामाई नगरपालिका–३ निवासी २५ वर्षीय माधव रामको मृत्यु भएको हो । बिहान ४ः३० बजेको समयमा शौच गर्न घरबाट बाहिर गएका राम खेतमा बस्दै गएको बेला चट्याङ लागि गम्भीर घाइते...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter